Monday, June 27, 2011

बस दर्ुघटनामा ४ महिने बालकसहित २ को मृत्यू

आश गुरुङ,
बसका सवै यात्रु गम्भीर, ४ जनालाई रिफर
लमजुङ, जेठ १२ गते ।
लमजुङमा आज विहान भएको यात्रुबहाक वस दर्ुघटनामा १ नावालकसहित २ जनाको घटनास्थलमै मृत्यू भएको छ ।
दर्ुघटनामा वसका चालक तनहुँ, भानु गाविस ७ का २५ बषिर्य सञ्जय गुरुङ र पोखरा घर भई लमजुङको भुलभुले मामा घर भएका ४ महिने नाबालक अर्पण लामाको मृत्यू भएको हो ।

दर्ुघटना १३ जना गम्भीर र्घाईते भएकाछन् भने सिकिस्त ४ जनालाई काठमाडौँ र पोखरा रिफर गरिएको छ । नाबालक अर्जुन लामाकी आमा १९ बषिर्या पवित्रा तामाङ र सिम्पानी ९ का ३० बषिर्य तेजप्रसाद अधिकारीलाई पोखरा र खुदी १ का ७० बषिर्य शेरबहादुर भण्डारी र सिम्पानी १ का ७४ बषिर्य धनबहादुर गुरुङलाई काठमाडौँ रिफर गरिएको छ । अन्य र्घाईतेहरु नाबालका बाजे भुलभुले ३ का ४२ बषिर्य रनबहादुर तामाङ, खुदी २ का १६ बषिर्या कृपा श्रेष्ठ, भारत रक्सौल घर भई खुदी बस्दै आएका २३ बषिर्यर् इस्लाम अन्सारी, घनपोखरा १ का ६० बषिर्य शेषराम गुरुङ, सिम्पानी ९ का ६० बषिर्य हेमप्रसाद गुरुङ, सिम्पानी ३ का ६० बषिर्या मायादेवी थापा, भुलभुले ३ का १६ बषिर्या दीपा श्रेष्ठ, भुलभुले ४ का ४७ बषिर्य शन्तबहादुर परियार र वसका सहायक धमिलिकुवा २ का १९ बषिर्य किसन गोतामेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । र्घाईतेको जनपथ प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दाले उद्धार गरेका थिए ।

उत्तरी लमजुङको भुलभुलेदेखि काठमाडौँका लागि छुटेको ना ३ ख ६३९० नम्बरको वस चण्डीस्थान गाविस ८, बेलौती विसौना नजिकै सडकवाट एकसय मीटर तल मर्स्याङ्दी नदीको तिरमा खसेर दर्ुघटना भएको हो ।

विहानभरि पानी परेका कारण सडकको माटो खुकुलो भएको, बाटो साँघुरो रहेको र छेउमा चिप्लिन पुगि वस खसेर दर्ुघटना भएको हुनसस्क्ने लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्दीप भण्डारीले वताउनुभएको छ ।
Bus Accident


Bus Accident
Bus Accident

Bus Accident
Bus Accident
Bus Accident
Bus Accident
Bus Accident
Bus Accident
Bus Accident
Bus Accident

Posted on:May 26, 2011, 4:28 am

No comments:

Post a Comment