Saturday, June 25, 2011

माथिल्लो मर्स्याङदी 'ए' को प्रारम्भिक अध्ययन पुरा

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
सम्भाब्यता अध्ययनको तयारी
लमजुङ, चैत १ गते ।
उत्तरी लमजुङको मर्स्याङ्दी नदीमा १ सय ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजना 'ए' निर्माणका लागि प्रारम्भिक अध्ययन गरिएको छ ।
प्रारम्भिक अध्ययन सकिएको र यसैसातावाट सम्भाव्यता अध्ययनको काम शुरु गरिने परियोजनाले जनाएको छ ।
परियोजनाका पर््रवर्द्धक हेमजंग गुरुङले सम्भाब्यता अध्ययन पूरा पछि पीपीए गरिने र ६ महिनाभित्र पीपीए सकिएपछि आगामी १५ महिनाभित्रमा निर्माणकार्य शुरु गरिने जानकारी दिनुभयो ।

परियोजनाको टोकोग्राफी र्सर्भे सकिएर ब्रिफिङ र बाताबरणीय प्रभाव मुल्याङ्ककनको अध्ययनकार्य भईरहेको गुरुङले वताउनुभयो । आगामी असार महिनाभित्रमा सवै अध्ययनको काम पुरा गरि पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव गर्ने र ६ महिनाभित्रमा पीपीए गरेपश्चात १५ महिनाभित्रमा निर्माणकार्य शुरु गरिने उहाँको भनाई छ ।

साढे २ बर्षघि १ सय मेगावाटको अध्ययन अनुमति लिएको परियोजनाले शाखा नदीहरुका कारण ५० मेगावाट बढी उत्पादन हुने देखिएपछि हाल १ सय ५० मेगावाट क्षमताको प्रारम्भिक अध्ययन थालेको हो ।
आगामी ५ वर्षभत्रमा निर्माण सक्ने लक्ष्य लिएको परियोजनाको अध्ययन मल्टीमोडल डेभलपर्स प्रालिले गरिरहेको छ भने भारतीय कम्पनी राजरत्न इनर्जी होल्डिङ प्रालिले लगानी गर्ने भएको छ । परियोजनामा नेपालीको २० देखि २५ प्रतिशतसम्म र प्रभावित क्षेत्र ताघ्रिङ, घर्ेर्मु, बाहुनडाँडा र खुदी गाविसका स्थानियवासिन्दालाई १० प्रतिशत शेयर दिने भएको छ ।

रन अफ रिभर प्रणालीमा निर्माण गरिने परियोजनाको बाँध ताघ्रिङ र घर्ेर्मूबीचको खानीगाउँ नजिकै रहने छ भने खुदी गाविस ७ दोभानचौर पारि मर्स्याङ्दी नदीछेउ भूमिगत विद्युतगृह रहनेछ । परियोजनाको साढे ६ किलोमिटर भूमिगत सुरुङ र टनेलको गोलाई साढे ७ मिटर फराकिलो रहने परियोजनाका सिभिलर् इन्जिनियर जितेन्द्र बमले बताए ।

परियोजनाबाट उत्पादित विद्युत १३२ केभीको राष्ट्रिय प्रशारण लाईनमा जडान गरिने र सो विद्युत नेपालमै विक्री गरिने मल्टीमोडल डेभलपर्सका अध्यक्ष समेत रहेका पर््रवर्द्धक गुरुङले वताए । 'हामी सवै विद्युत नेपालमै विक्री गर्ने योजनामा छौँ' गुरुङले भने, 'तर, विद्युतको ट्रन्समिटर लाइन क्षमता कम भएकाले समस्या हुने देखिएको छ ।'

परियोजनाबाट बाषिर्क ८ सय २५ दशमलव ८५ गिगावाटसम्म विद्युत उत्पादन हुने अनुमान गरिएको छ । प्रारम्भिक अध्ययन अनुसार झण्डै ३० अर्ब रुपैँयामा जलविद्युतको निर्माण सकिने परियोजनाले जनाएको छ ।
परियोजनाले नेपाल सरकारले लिएको दश बर्षा १० हजार मेगावाट र लमजुङले लिएको १० बर्षा १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई सघाउ पुग्ने परियोजनाले जनाएको छ ।



Posted on:March 15, 2011, 5:47 am

No comments:

Post a Comment