Monday, June 27, 2011

हत्यामा संलग्न चारजनालाई कारागार चलान

आश गुरुङ,
लमजुङ, जेठ २६ गते । आफ्नै साथीको हत्या गरेको अभियोगमा चारजना युवालाई जिल्ला अदालत लमजुङले कारागार चलान गरेको छ । उत्तरी लमजुङको ताघ्रिङ गाविस १ च्याम्चेका २५ बषिर्य आईतजंग तामाङको हत्या गरेको अभियोगमा च्याम्चेका सोमबहादुर तामाङ, खरसिंह तामाङ, बीरबहादुर तामाङ र खर्कबहादुर तामाङलाई जिल्ला अदालतले पर्ुपक्षका लागि कारागार पठाएको हो ।

उनीहरुलाई जिल्ला न्यायधिस अच्युतप्रसाद भण्डारीको एकलर् इजलासले कारागार चलान गर्ने निर्देश गरेको हो । हत्यामा संलग्न बाबुराम तामाङ भने फरार रहेका प्रहरीले जनाएको छ । मृतककी आमा सगुनमाया तामाङले दिएको किटानी जाहेरीको आधारमा युवाहरुलाई पक्राउ गरि बैशाख अन्तिम साता उनीहरुविरुद्ध लमजुङ प्रहरीले मुद्धा दर्ता गराएको थियो ।

प्रहरीले अनुसन्धानका लागि आईतजंगको शवलाई १७ दिनपछि चिहानवाट निकालेको थियो । गत बैशाख १२ गते साँझ खाना खाने वेला आएका ५ जना युवाहरुले मृतक तामाङलाई फकाएर लगेको र त्यही समयमै लडेर मृत्यू भएको जानकारी दिएर घटना लुकाउन दवाव दिएपछि घटना र्सार्वजनिक भएको हो ।

मृतकका आमा सगुनमायाका अनुसार आफ्नो छोराले स्थानीय खड्गबहादुर तामाङको घरवाट २ बोत्तल रक्सी चोरेको र सोही दिन ती युवाहरुले सोधपुछ गर्ने भनेर लगेको र ३ दिनपछि मात्र मृत्यू भयो भन्ने खबर दिएका थिए । मजदुर गरि जिविकोपार्जन गर्दै आएका मृतक आईतजंगको आमा, श्रीमती र २ बर्षो एक छोरा छन् ।



Posted on:June 9, 2011, 7:04 am

No comments:

Post a Comment