Tuesday, June 21, 2011

घलेगाउँलाई 'हेल्थ टुरिजम भिलेज' बनाउने तयारी

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस ३० गते ।
दक्षिण एसियाकै सवैभन्दा सवोत्कृष्ट मानिने लमजुङको पर्यटकीय घलेगाउँलाई 'हेल्थ टुरिजम भिलेज'को रुपमा अगाडि बढाउने तयारी गरिएको छ । र् पर्यटन ब्यवस्थापन उप-समिति ग्रामीण पर्यटन घलेगाउँ, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप), उत्तरकन्या गाविस, गाउँमा रहेका आमा समूह, युवा क्लव लगायतको सहयोग र सक्रियता साथै सर्वोदय सेवाश्रमको पहलमा घलेगाउँलाई 'हेल्थ टुरिजम भिलेज' बनाउने तयारी भएको हो ।

'हेल्थ टुरिजम भिलेज' बनाउन नेपाल पर्यटन वर्षसन् २०११ को औपचारिक घोषणासंगै भोलि शनिवारदेखि संवन्धित निकायले आ-आफ्नो काम थाल्नेछन् । शुरुमा प्राकृतिक स्वास्थ्य र सरसफाई, योग तथा जडिवुटी प्रयोग संवन्धि विविध कार्यक्रमको आयोजना गरि यसको महत्व र उपयोगितावारे सिकाईनेछ ।

आन्तरिक तथा बाहृय पर्यटन पर््रवर्द्धनका लागि गाउँमा रहेको उत्तरतर्फफर्केर बगेको पानीसंगै तिजीकोमा रहेको पोखरीको मर्मत र मन्दिरलाई संरक्षणका लागि पहल थालिने भएको छ । ऐतिहासिक धार्मिक तथा पौराणिक महत्वको उत्तरकन्या मन्दिर र त्यहाँ रहेको उत्तरतर्फफर्केका जलकुण्डको संरक्षणका लागि अभियान नै शुरु गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले वताए । जलवायु परिवर्तनले पुर्�याएको वातवरणीय असरलाई न्यूनिकरण गर्ने र पौराणिक महत्व बोकेका उत्तरबाहिनी जल सम्पदाको पवित्रताको रक्षा गर्न अभियान चलाउन लागेको ओलियाको भनाई छ । हेल्थ टुरिजमसंग यी कुराहरु पनि जोडिएकाछन्' ओलियाले भने, 'गाउँघर सफासुग्घरदेखि चेतना र योगसम्मका कार्यक्रमलाई अगाडि बढाएका छौँ ।' संरक्षण र सर्ंवर्द्धनले चारैतिर हराभर हुन्छ र सवैको मन आनन्दित हुने उनको भनाई छ । आफ्नो योजना सफल भएपछि गाउँलाई 'हेल्थ टुरिजम भिलेज' को रुपमा औपचारिक कार्यक्रमको आयोजना गरि घोषण गर्ने उनले वनाए ।

घलेगाउँको उत्तरकन्या मन्दिरमा हरेकवर्षो माघे संक्रान्तिमा मेला लाग्ने गर्दछ । नुहाउनेको भीड पनि उत्तिकै हुन्छ । 'समयसापेक्ष हामीले घलेगाउँलाई पर्यटकको थप आकर्षाको केन्द्र विन्दु बनाउन लागेका छौँ' वातावरणवविद् कुलराज चालिसेले भने, 'यो कार्यले जलबायु परिवर्तनको नकरात्मक असरलाई न्युनिकरण समेछ गर्छ ।' यसका लागि गाउँमा र्'हर्वल गार्डर्ेे बनाउने योजना समेत उनीहरुको छ ।
स्थानीयवासिन्दाले ग्रामीण पर्यटन पर््रवर्द्धन गरि स्थानीय कला संस्कृतिको संरक्षण गर्न घलेगाउँका वासिन्दाले २०५७ सालदेखि हरेकवर्षमहोत्सवको आयोजना गर्दै आएको छ ।

उत्तरपर्ूवमा बौद्ध, ङादीचूली र मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपर्ूण्ा दोस्रो र माछापुच्छे्रको मनमोहक दृश्यसंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन ज्यादै रमाइलो हुन्छ । त्यति वेला नै चिरबिर गर्ने चरा चुरुङ्गी, काँडे भ्याकुर, कालिज, लुइँचे, पिउरा, कालिज तथा मृगका आवजले जो कसैको मनलाई फुरुङ्ग बनाई दिन्छ ।
समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँमा १ सय १५ घर छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहरवाट करीब ६ घण्टाको हिँडाइपछि घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै गएपनि घलेगाउँ पुग्न सकिन्छ । अहिले वेसीशहरवाट बाग्लुङपानी हुँदै सिधै घलेगाउँसम्म मोटर पुगेपछि पर्यटकलाई सजिलो भएको छ । त्यसो त पछिल्लोपटक वेसीशहर-सिम्पानी हुँदै पनि घलेगाउँसम्म मोटर पुग्ने गरेको छ । घलेगाउँमा पछिल्लोपटक दैनिक ३० देखि ५० जना सम्म आन्तरिक तथा बाहृय पर्यटक आउने गरेका पर्यटन ब्यवस्थापन उप-समिति ग्रामीण पर्यटन घलेगाउँका संरक्षक प्रेम घलेको भनाई छ ।

Ghale gaun
Posted on:January 15, 2011, 4:35 am

No comments:

Post a Comment