आश गुरुङ,
लमजुङ, बैशाख २८ गते । नेपाल पत्रकार महासंघको २३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पत्रकार खिम घलेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ ।
पहिलो पटक लमजुङको पत्रकार केन्द्रीय सदस्यमा निर्वाचित भएको भन्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले सदरमुकाम बेसीशहरमा मंगलवार साँझ एक कार्यक्रमको आयोजना गरि घलेलाई सम्मान गरेको हो । महासंघका लमजुङ अध्यक्ष कृष्ण केसी, केन्द्रीय सभाषद्हरु श्रीकृष्ण लामिछाने, कृष्णप्रसाद अधिकारी, सचिव नवीनराज कुइँकेल, अनिज अध्यक्ष रामजी राना, आदिवासी जनजाति समन्वय परिषद् लमजुङका अध्यक्ष खेमजंग गुरुङ लगायतले खादा ओढाउनुका साथै अविर अर्पण गरि सम्मा गरेका थिए ।
सम्मान कार्यक्रममा जिल्लास्थित मर्स्याङ्दी एफएम, लमजुङ एफएम, लमजुङ हाइलाइट साप्ताहिक, प्रेस चौतारी, प्रेस युनियन लगायत विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले बधाई दिएका थिए ।
लमजुङको बाँझखेत गाविस १ खासुरमा जन्मेका घले हाल कान्तिपुर दैनिकको बरिष्ठ उपसम्पादक तथा कान्तिपुरको अनलाईन संस्करणर् इकान्तिपुरको संयोजकको रुपमा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघको २३ औं महाधिवेशनमा जनजाति कोटावाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।




Posted on:May 12, 2011, 12:39 am
No comments:
Post a Comment