Tuesday, June 21, 2011

विद्यालयमा मानवअधिकार शिक्षा

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस २१ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लमजुङले विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम आयोजना गरेको छ ।
बुधवार सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम संचालन गरेको हो ।
विद्यालयमा मानव अधिकारको बारेमा सचेत र जागरुक बनाउने उद्धेश्यले आयोजना गरिएको सो कार्यक्रममा विद्यालयका ६४ जना विद्यार्थीहरुको सहभागिता जनाएका थिए । कार्यक्रमा इन्सेक लमजुङ जिल्ला प्रतिनिधि कृष्णप्रसाद अधिकारी र जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत नविनचद्र घिमिरेले मानव अधिकार र बाल अधिकारको बारेमा प्रशिक्षण दिएका थिए ।

अधिकारीले मानवअधिकार, मानव अधिकारका प्रकार, मानव अधिकारको बुझाइ, संयुक्त राष्ट्र संघीय घोषणा पत्रमा उल्लेख गरिएका मानव अधिकारका विषय बस्तु र नेपालको अन्तरिम संविधान २०६३ मा समावेश गरिएका मानव अधिकारका बँुदाहरुका बारेमा ब्याख्या गरेका थिए । बाल संरक्षण अधिकृत घिमिरेले बाल अधिकार, बाल अधिकारका चार आयाम र सिद्धान्तका बारेमा प्रकास पारेका थिए ।

कार्यक्रम विद्यालयका निमित्त प्राचार्य रत्नमान श्रेष्ठ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृृष्ण बहादुर अधिकारी समेतको उपास्थिति थियो ।




Posted on:January 5, 2011, 8:01 am

No comments:

Post a Comment