Monday, June 20, 2011

रोट्रयाकद्धारा आठ पाउण्ड रगत संकलन

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक १४ गते ।
लमजुङमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रमवाट ८ पाउण्ड रगत संकलन गरिएको छ ।

रोट्रयाक क्लब आफ लमजुङको आयोजनामा भीमसेनस्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिलासहित ८ जनाले रक्तदान गरेका क्लबका अध्यक्ष रवीन श्रेष्ठले जानकारी दिएकाछन् ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालको प्राविधिक र रेडक्रस समन्वय समिति लमजुङको विशेष सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान गर्ने धेरै आएपनि जिल्ला सामुदायिक अस्पतालमा रगतको खपत न्युन हुने गरेकाले सवैवाट रगत लिन नसकिएको आयोजकले जनाएको छ । उनीहरुलाई सम्पर्कमा राखिएको अध्यक्ष श्रेष्ठले वताएकाछन् ।

रोट्रयाक क्लब अफ लमजुङका अध्यक्ष रवीन श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रक्तदान कार्यक्रममा जिल्ला जनस्वास्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाइँ, नेपाल रेडक्रस सोसार्इटी लमजुङका सभापति अर्जुन पराजुली, लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय अधिकृत शंकर देवकोटा, रोटरी क्लव अफ लमजुङका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठ, क्लबका सचिव भगवान पिया, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान 'संगीत' नेपाली लगायतको सहभागिता थियो ।




Mail to: आश गुरुङ 'प्रतीक'

Posted on:October 31, 2010, 1:17 am

No comments:

Post a Comment