Monday, June 20, 2011

बालवालिकाहरुको रक्त समूह पहिचान

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ८ गते ।
पूर्वी लमजुङको गौँडा गाउँ विकास समितिस्थित ९ वटै वडाका बालवालिकाहरुको रगत समूह पहिचान गरिएको छ ।
गाविस भरका बालवालिकाको रक्त परीक्षण तथा पहिचान गरिएको लमजुङमा यो पहिलोपटक हो ।
गौँडा बाल संरक्षण तथा संवर्द्धन उपसमितिको आयोजना तथा गौँडा प्राथामिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा गाविस भरका १३ वाल क्लवहरुसंग आवद्ध ४ सय २१ जना बालवालिकाको रगत परीक्षण गरिएको हो ।
गौँडा गाउँ विकास समिति र महिला आपसी सहयोग केन्द्रको सहयोगमा गरिएको बालवालिकाको रगत परीक्षण गर्दा बी पोजेटिभ १ सय ५७ जना, ओ पोजेटिभ १ सय ४२ जना, ए पोजेटिभ ९२, एबी पोजेटिभ २९ र बी नेगेटिभ १ जना रक्त समूहका बालवालिकाको पहिचान भएको आयोजक समितिका सचिव शन्तबहादुर गुरुङले जानकारी दिएकाछन् ।
गौँडा प्राथामिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन ज्ञानबहादुर सेढाइँले विद्यालय, गाउँटोल साथै बाल क्लबहरुमा पुगेर गाविस भरिका बाल क्लबमा आवद्ध बालवालिकाको रगतलाई परीक्षण तथा पहिचान गरेका थिए ।

ग्रामीण क्षेत्रका बालवालिकाहरुलाई तत्काल रगत चाहिएमा सजिलो होस् र एकजनाको रगतले अरु साथीको जीवन बचाउन टेवा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरिएको गौँडा बाल संरक्षण तथा संवर्द्धन उपसमितिका अध्यक्ष गंगाराज गुरुङले वताए । 'बालवालिका कहिँ कतै चोटपटक लागेर वा जो कोहीलाई रगत चाहिएमा कहाँ खोज्ने जाने -' उनी भन्दै थिए, 'त्यही भएर नै हामीले सवै बालवालिकाको रगत पहिचान गरेका हौँ ।' रगत पहिचान भएपछि जुन सुकै बालवालिकाले चाहिएको समयमा रगत पाउनेछन् । त्यतिमात्र नभएर रगत पहिचानले रोजगारीका लागि पनि बालवालिकाहरुलाई थप टेवा मिल्ने र झन्झट नुहने बताईएको छ ।



Mail to: आश गुरुङ 'प्रतीक'

Posted on:December 24, 2010, 8:42 pm

No comments:

Post a Comment