Tuesday, June 21, 2011

नयाँ सरकारपछिमात्रै शान्ति र संविधान सुनिश्चित ः मन्त्री शर्ेमा

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ १५ गते ।
स्थानीय विकास मन्त्री पर्ूण्ाकुमार सर्ेमा लिम्बूले नयाँ सरकारपछि शान्ति र संविधान सुनिश्चित हुने ठुकुवा गरेकाछन् ।
सरकार नै संक्रमणकालमा रहेकाले शान्ति र संविधान यसबीचमा अल्मलिएको सर्ेमाको भनाई छ । उनले आगामी २३ गतेभित्र देशमा नयाँ सरकार गठन हुने दावी गरे ।

एकीकृत माओवादीका कारण शान्ति र संविधान तोकिएको समयमा नबनेको आरोप लगाउँदै यसका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उनको भनाई छ । यसका बाबजुतपनि सवै राजनीतिक दल आफ्नो हठवाट पछाडि हटेर सहमति गरे ४ महिनाको समय संविधान निर्माणका लागि समय काफी भएको सर्ेमाले वताए । हालसम्म ८० प्रतिशत भन्दा बढी संविधान निर्माण प्रक्रिया सकिएको दावी गर्दै मन्त्री सर्ेमाले झिनामसिना कुराहरुमा नअल्मिलिन राजनीतिक दलहरुलाई सुझावसमेत दिएकाछन् ।

लमजुङ सदरमुकाम वेसीशहरस्थित लक्ष्मी नारायाण पुस्तकालयको तेश्रो अधिवेशनको शनिवार साँझ उद्घाटन गर्दै स्थानीय विकास मन्त्री सर्ेमाले एकीकृत माओवादीको अवरोधका कारण देशभर तोकिएको समयमा गाविस, नगर तथा जिल्ला परिषद् हुन नसकेको आरोप लगाए ।
उनले आर्थिक वर्ष२०६७/०६८ मा अध्यादेशमार्फ ल्याईएको ३ खर्ब ३७ अर्ब बजेटमध्ये स्थानीय विकासमा ४१ अर्ब विनियोजन गरेको जानकारी दिए । जसमध्ये गाविस, जिविस र नगरविकासमा बजेट विनियोजन गरि पर्ठाईसकेको उनले जानकारी दिए । देशभरिका ७५ जिल्ला, ५८ नगरपालिका र ३ हजार ९ सय १५ गाविसमा सामाजिक सुरक्षा तथा बृद्धाभत्तामा मात्रै ८ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए । 'बृद्धाभत्ता नपाएको गुनासो नआओस भनेर समयमै बजेट संवन्धित ठाउँमा पठाएको उनको भनाई छ । मन्त्री सर्ेमाले जिल्ला हेरेर १ करोड ५० लाखदेखि ५ करोड सम्म नियमित बजेटबाहेक थप बजेट पनि विनियोजन गरेको जानकारी दिए । उनले सही ठाउँमा बजेट प्रयोग गर्न राजनीतिक दल, संवन्धित सरकारी निकाय, बुद्धिजीविलाई निर्देशन समेत दिएकाछन् ।

मन्त्रालयले आदिवासी जनजाति, दलित, महिला तथा बालवालिकाहरुलाई समेत लक्षित गरि १५ प्रतिशित बजेट विनियोजन गरेको जानकारी दिए । स्थानीय निकायमा एकहजार बढी सचिवहरुको पद रिक्त भएकाले भनेको समयमा विकास निर्माणका कामहरु हुन नसकेकाले समस्याको समाधानका लागि छिट्टै पदपर्ूर्ति गरिने जानकारी दिए ।

कार्यक्रममा पर्ूवराज्यमन्त्री रामबहादुर गुरुङ, सहायकमन्त्री रामचन्द्र अधिकारी, पर्ूवसांसद हरिभक्त अधिकारी, एमाले केन्द्रीय सदस्य टुका हमाल, एकीकृत माओवादर्ीर् इन्चार्ज देवेन्द्र पराजुली, कांग्रेस सभापति कृष्ण कोईराला, एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।



Posted on:January 29, 2011, 7:30 am

No comments:

Post a Comment