Monday, June 20, 2011

लमजुङमा १० दिनसम्म हातधुने कार्यक्रम मनाइँदै

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर ५ गते ।
लमजुङ जिल्लाभरी हातधुने कार्यक्रम शुरु गरिएको छ । हात धुने कार्यक्रमको शुरुवात सदरमुकाम बेसीसहरको नारायणस्थानबाट शुरु गरिएको थियो ।
नागरिकमा हात धुने सचेतना जगाउन जिल्ला सरसफाई समिति लमजुङले जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी नियकासंग मिलेर १० दिनसम्म हातधुने कार्यक्रम मनाउन लागिएको हो ।
२१ औं सताब्दीमा पनि सरसफाइको चेतना नहुँदा कयौँ नेपालीहरुको विभिन्न रोगका कारण अकालमै ज्यान गरेकाले सफासंग साबुनपानीले हात धुने कार्यक्रम राखिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला सामुदायिक अस्पतालले गत सोमबार बेसीसहरको नारायणस्थानमा शुरु गरेको हात धुने कार्यक्रम यतिवेला लमजुङका विभिन्न स्थानमा सञ्चालन भईरहेको जिल्ला सरसफाई समिति लमजुङका अध्यक्ष एवं स्थानिय विकास अधिकारी पेशल कुमार पोखरेलले जानकारी दिएकाछन् ।
अक्टोवर १५ तारिखका दिन मनाइने यो दिवस सो बेला दशैं विदा परेकाले ढिलो मनाउन लागिएको हो । हातको सरसफाई भएमा ४५ प्रतिशत रोगबाट बच्न सकिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङका इन्जिनियर कमल अर्यालले वताए । हात राम्रोसँग धोएमा ४४ प्रतिशत बालबालिकाको मृत्युदर रोकिने अर्यालको भनाई छ ।
मंसिर ८ गतेसम्म सञ्चालन हुने हात धुने कार्यक्रमलाई जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा ३ वटा विद्यालयमा, जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरिक्षक र विद्यालय स्रोतब्यक्तिहरुसँग, जिल्ला विकास समितिको सभाहलमा ६१ वटै गाउँ विकास समितिका सचिवहरुसँग, महिला आपसी सहयोग केन्द्रद्धारा गौंडा गाविसमा, लमजुङका कार्यालय प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयलमा निरन्तरता दिने छ ।
त्यस्तै, जिल्लाका १६ वटा विद्यालय स्रोत केन्द्रमा, खुदी स्रोत केन्द्रमा छुट्टै र आरसिडिसीले ११ वटा बालमैत्री विद्यालयमा हात धुने कार्यक्रम गर्दै आएको छ । ग्रीन सोसाइटीले खुला दिशामुक्त क्षेत्र घोषणा भएका गाविसमा हरेक गाविसमा रहेका स्वास्थ्य संस्थाहरुले दशै दिन हात धुने कार्यक्रमको आयोजना गरिरहेको छ ।



Mail to: आश गुरुङ 'प्रतीक'
Posted on:November 20, 2010, 8:51 pm

No comments:

Post a Comment