Monday, June 27, 2011

लमजुङमा नयाँ प्रमुख जिल्ला अधिकारी

आश गुरुङ,
लमजुङ, असार ११ गते ।
लमजुङमा नयाँ प्रमुख जिल्ला अधिकारी आएकाछन् । कास्की जिल्ला घर भएका बद्रीनाथ अधिकारी लमजुङमा प्रमुख जिल्ला भएर आएका हुन् ।

६ बर्षघि लमजुङमा जिल्ला हुलाक कार्यालयका प्रमुखको समेत जिम्मेवारी सम्हालीसकेको अधिकारी गृह मन्त्रालयवाट लमजुङ सरुवा भएर आएका हुन् ।

लमजुङलाई यसअघि नै चिन्न पाएका अधिकारी प्रजिअ भएर आएपछि लमजुङका र्सवसाधारणले पनि आफ्नो कामहरु छिटो र छरितो रुपमा हुनुका साथै हरेक क्षेत्रमा सहयोग पाउनेमा विश्वास गरेकाछन् । यसअघिका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया काठमाडाँै सरुवा भएकाछन् ।

नव आगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीसंग लमजुङका संचारकर्मीहरुको परिचयात्मक कार्यक्रम भएको छ । परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्ण केसी, पत्रकार महासंघका केन्द्रीय पार्ष् एवं इन्सेक प्रतिनिधि कृष्णप्रसाद अधिकारी, प्रेस युनियनका अध्यक्ष कृष्ण भगवान श्रेष्ठ लगायतले लमजुङमा पत्रकारीताको अवस्था र प्रमुख जिल्ला अधिकारीवाट गरिएको अपेक्षावारे जानकारी गराएका थिए । प्रजिअ अधिकारीले सो अवसरमा स्थानीय संचारकर्मी र स्थानीय सरकार विना जिल्लाको हकहित र सुरक्षा ब्यवस्था सुनिश्चित हुन नसक्ने वताए । उनले संचारकर्मीलाई सवैखाले सहयोग गर्ने आफू तत्पर रहेको विश्वास दिलाए ।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछाने, जिल्ला प्रहरी प्रमुख डीएसपी सन्दिप भण्डारी, अनुसन्धानका डीएसपी पप्पु शर्मा पौडेल लगायतको समेत उपस्थिति थियो ।

कार्यक्रमम नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सचिव नवीनराज कुइँकेलले पत्रकार महासंघको भवन निर्माणका लागि जग्गा उपलब्धताका लागि सहयोग गरिदिन नवआगन्तुक प्रमुख जिल्ला अधिकारीसंग आग्रह गरेका थिए । कार्यक्रममा सहभागि संचारकर्मीहरुले सरकारी कार्यालयहरुमा संचारको क्षेत्रमा आएको बजेट अन्यत्र खर्च हुने गरेकाले यसका रोकथामका लागि पहल गर्नुपर्ने वताएका थिए ।



No comments:

Post a Comment