आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, बैशाख २८ गते ।क्षेत्री समाज नेपालले आयोजना गरेको गण्डकी, धौलागिरी र लुम्विनी अञ्चल बन्दका क्रममा आज बुधवार लमजुङमा प्रहरीले २ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।
सदरमुकाम वेसीशहरका पसलहरु बन्द गराउँदै आन्दोलन गरिरहेको बेला क्षत्री समाज पश्चिमाञ्चल सदस्य राजु थापा र जिल्ला सदस्य मनभुजा राउतलाई त्रिवेणीटोलवाट प्रहरीले पक्रेको हो ।
त्रिवेणीटोलस्थित खुल्ला पसलमा तोडफोड गर्ने क्रममा प्रहरीले
आन्दोलनकारीमाथि लाठीचार्च समेत गरेका थिए । लाठीचार्जवाट केही
आन्दोलनकारी र्घाईते भएकाछन् ।
आन्दोलनकारीले सदरमुकाम वेसीशहरका आधादर्जनबढी पसलहरुमा तोडफोड
गरेकाछन् । तोडफोडका क्रममा वेसीशहर १, भीमसेनस्थानकी तरकारी ब्यवसायी ५९ बषिर्या अम्बिका ढकाल र्घाईते भएकीछन् । र्घाईते ढकालको लमजुङ जिल्ला
सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । आन्दोलनकारीले झण्डै आधादर्जन
सवारीसाधनमाथि तोडफोड गरेकाछन् ।
आन्दोनकारीको हस्तक्षेपका कारण लमजुङमा जारी तेश्रो राष्ट्रपति कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता पनि स्थगित भएको छ ।







आश गुरुङ 'प्रतीकु'
पत्रकार, लमजुङ
सर्म्पर्क ९८५६०४५०४३
Posted on:May 11, 2011, 11:21 pm
No comments:
Post a Comment