Tuesday, June 21, 2011

चक्रीय प्रणालीको सरकार अस्वीकार : कांग्रेस नेता

आश गुरुङ 'प्रतीक',
लमजुङ, माघ २ गते ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सहमतिको नाउँमा चक्रीय प्रणालीको सरकार र नेतृत्व आफ्नो पार्टर्ीी अस्वीकार गर्ने वताएकाछन् ।
चक्रीय प्रणालीको कुरा ल्याई राजनीतिक दलका शर्ीष्ानेताहरु संविधानसभाको म्यादलाई लम्ब्याउन खोजेर संविधान नबनउने चलखेल गरिरहेको प्रवक्ता केसीको आरोप छ । तर, आगामी २ हप्ताभित्र नयाँ सरकारको निर्माण हुने उनको भनाई छ ।
'संविधान निर्माण गर्न साढे ४ महिनापनि नभएको बेला चक्रीय प्रणालीमा सरकार निर्माण हुनै सक्दैन' उनले भने, 'चार महिनामा तीनवटा ठूला पार्टर्ीीे नेतृत्वको बनेको सरकार बालवालिकाको जस्तो कुरा भयो ।' तोकिएको समयमा संविधान निर्माण हुनुपर्ने जिकिर गर्दै उनले संविधान सभाको म्याद थपिए जनआन्दोलनको म्यानडेड समाप्ति हुने वताए ।

प्रेस युनियन लमजुङले सदरमुकाम वेसीशहरमा आईतवार साँझ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले लडाकु र हतियारको ब्यवस्थापन, शान्ति सुरक्षा र कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने मोडालिटी तयार नपारेसम्म एकीकृत माओवादीको नेतृत्व अस्वीकार गर्ने वताए ।

सरकार निर्माणका लागि आफ्नो पार्टर्ीी सहमति र बहुमत जुटानउ नसकेको स्वीकार गर्दै केसीले भने, 'यस्तै ताल हो भने एमाले-माओवादी मिलेर सरकार बनाए हुन्छ, काँग्रेस अनुशासित रुपमा प्रतिपक्षमा बस्न तयार छ ।' उनले राज्यको पनर्संरचना कुनैपनि हालतमा जातीय आधारमा हुन नसक्ने समेत ठोकुवा गरे ।

अनमिनलाई नहटाउने आफ्नो पार्टर्ीीे धारणा रहेको वताउँदै नेता केसीले अनमिनलाई 'म्यानडेड' परिवर्तन गर्न आग्रह गर्दा पनि नमानेका कारण अन्तिममा हटाउने निर्ण्र्ाागरेको खुलासा गरे ।

यसैगरि, नेपाल शिक्षक युनियन लमजुङले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नेता केसीले माओवादीले १२ बुँदेदेखि अहिलेसम्मका कुनैपनि सम्झौताहरु पालाना नगरेको आरोप लगाए । हतियार र सेनाको आडमा सत्ता कब्जाको रणनीतिमा माओवादी रहेको वताउँदै उनको त्यो सपना कहिल्यै पुरा नहुने केसीको भनाई थियो ।

माओवादीलाई निषेध गरेर संविधान नबन्ने र शान्ति प्रक्रिया पनि निष्कर्षा नपुग्ने उनको भनाई छ । माओवादीसंग सहमति गरेर अगाडि बढ्न कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने नपर्ने बताउँदै केसीले भने, 'सहमतिको नाममा बहुलबाद, स्वतन्त्र संचार, मानवअधिकार, स्वतन्त्र न्यायपालिका लगायतमा सम्झौता गर्न सकिँदैन ।'



Posted on:January 16, 2011, 7:54 pm

No comments:

Post a Comment