आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, फागुन ५ गते ।गुरुङ जातिको उद्गमस्थल लमजुङको घनपोखरामा पहिलोपटक मोटर पुगेको छ ।
सदरमुकाम वेसीशहरदेखि उत्तरी लमजुङको खुदी, सिम्पानी, भाचे, नाँयू हुँदै घनपोखरा गाउँमा मोटर पुगेको हो ।
झण्डै २० किलोमीटरको सो सडक खण्डमा यसअघि खुदीको झण्डै साढे ७ किलोमीटरसम्म मोटर गुडेको थियो ।
गाउँमा पहिलोपटक पुगेको मिनिवसलाई स्थानीय तमू जनजागृति आमा समूहको सक्रियतामा स्थानीयवासिन्दाले भब्य स्वागत र अविरजात्रा गरेकाछन् । गाउँमा मोटर पुगेको खुसीयालीमा स्थानीयवासिन्दाले भोजभतेर गरेर नाचगान गरि खुसीयाली मनाएका खुदी-सिम्पानी-घनपोखरा मोटरवाटो निर्माण तथा उपभोक्ता समितिका सचिव कृष्ण विकले जानकारी दिनुभयो ।
स्थानीयवासिन्दाको श्रमदान, घनपोखरा गाविस, सडक विभाग, जिविस लमजुङ लगायत संघसंस्थाको सहयोगमा मोटरवाटो निर्माण गरिएको घनपोखरा गाविसका सचिव परमानन्द लम्सालले जानकारी दिनुभयो ।
घनपोखरा सम्म मोटर पुगेपछि त्यस क्षेत्रका घनपोखरा, भुजुङ, नाँयू, सिम्पानी लगायत गाउँका वासिन्दा प्रत्यक्ष लाभान्वित भएकाछन् ।




Posted on:February 25, 2011, 10:47 pm
No comments:
Post a Comment