Monday, June 20, 2011

कांग्रेसले उम्मेदवारी त्यागे समस्याको समाधानः गुरुङ

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक १० गते ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासद् पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी त्यागे वर्तमा राजनीतिक समस्याको समाधान हुने वताएकाछन् ।

अहिलेको परिस्थितिमा कांग्रेस वर्तमान राजनीतिक गतिरोधको सवैभन्दा बाधक बनेको आरोप लगाउँदै उनले सहमतिवाट सरकारको नेतृत्व चयन गर्नुपर्ने वताए । अहिलेको परिस्थितिमा माओवादीको नेतृत्वको सरकार पनि जनताले नचाहेको आरोप लगाउँदै उनले घुमाउरो भाषामा एमालेले मात्रै सरकारको नेतृत्व गर्न सक्ने वताए । कांग्रेले प्रधानमन्त्रीको उम्मेद्वार त्यागेमा नयाँ राजनीतिक गतिरोधको ढोका खुल्ने उनको भनाई छ । १३ पटक समेत हारिसकेका पौडेलको जित्ने आशाले देश नै संकटमा परेको उनको ठम्याई छ ।

विजयादशमी तथा दिपावलीको अवसरमा आज बुधबार एमाले जिल्ला कमिटी लमजुङले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा गुरुङले कांग्रेस माओवादीलाई एक्ल्याएर अगाडि बढ्न चाहेको र माओवादी छलकपटको राजनीति गर्न सिपालु रहेकाले गतिरोध अन्त्य हुन नसकेको वताए ।


एमालेले गणतन्त्रवादीको मोर्चा बनाएर बढ्न चाहेको र सोही मोर्चाबाटै संविधान बनाउने प्रयासमा रहेको उनको भनाई छ ।

माओवादीले हतियार नत्याग्दा र सेना समायोजन नहुँदासम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने एमालेको प्रष्ट विचार हुँदाहुँदै पनि एमाले र माओवादीको पछिल्लो सहमतिमा कांग्रेस तर्सनुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो । एमाले र माओवादीको पछिल्लो सहमतिमा माओवादी नेतृत्वमा सरकार बनाउने बुँदा नरहेको पनि उनले प्रष्ट पारे ।

सदरमुकाम बेसीसहरस्थित मदनआश्रति स्मृति भवनमा आयोजना गरिएको चियापान तथा शुभकामना कार्यक्रममा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्य टुका हमाल, जिल्ला न्यायाधीश अच्युतप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्तासहित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।


एमालेका जिल्ला अध्यक्ष जमिन्द्रमान घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता, भातृसङगठनका प्रमुख तथा पदाधिकारी, उद्योगीब्यवसायी, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको पनि उपस्थिति थियो ।


Mail to: lamjungnews@gmail.com

No comments:

Post a Comment