Saturday, June 25, 2011

लमजुङमा चारदिने किरियापुत्री एसएलसीमा सहभागि

आश गुरुङ 'प्रतीक'
, लमजुङ, चैत १० गते ।
यसवर्षो लमजुङवाट एकजना किरियापुत्रीले एसएलसी परीक्षा दिएकाछन् ।
लमजुङ कांग्रेसका सचिव स्वर्गीय अर्जुन पराजुलीका छोरा १६ बषिर्य सौगात पराजुलीले सदरमुकाम वेसीशहरको विद्याविकास उच्च माविवाट परीक्षा दिएका हुन् । उनी सोही विद्यालयका विद्यार्थी हुन् ।

वेसीशहरकै जनविकास उच्च मावि परीक्षा केन्द्रमा परीक्षा दिने तयारी गरिरहेका सौगातलाई परीक्षा समितिको निर्ण्र्ााअनुसार विद्याविकास उच्च माविमा एक्लै परीक्षा दिने वातावरण मिलाएको जिल्ला शिक्षा कार्यालय लमजुङका शाखा अधिकृत नगेन्द्रप्रसाद रेग्मीले वताए ।
सौगातले विहिवार अनिवार्य अंग्रेजी विषयको परीक्षा एकजना गार्ड र एकजना सुरक्षाकर्मीको साथमा दिएका हुन् । आफ्नो बाबुको निधनको शोकमा पनि सौगातले राम्रोसंग परीक्षा दिएको गार्ड नमिता घिमिरेले वताईन् ।

सौगातका बाबु अर्जुन पराजुलीको गत चैत ७ गते उपचारका क्रममा काठमाडौँस्थित ओमअस्पतालमा निधन भएको थियो । पराजुलीलाई पेटमा अल्सर विग्रिएर क्यानसर लागेको थियो ।

लमजुङमा विहिवारको अंग्रेजी विषयमा १९ जना परीक्षार्थी अनुपस्थित रहे । नियमिततर्फा २ जना छात्रा र एक्जाम्टेडतर्फ१० जना छात्रा र ७ जना छात्र परीक्षमा उपस्थित भएनन् । लमजुङमा ११ निजी र ६६ वटा सामुदायिक विद्याययका गरि नियमित तर्फ३ हजार ५९ र एकजाम्टेड तर्फदर्ुइ सय ७४ जना परिक्षार्थीले एसएलसी परीक्षा दिँदै थिए । यसैगरि यसैवर्षाट सुरु भएको खुल्लातर्फ५० जना परीक्षामा सहभागि भएकाछन् ।
लमजुङमा यस बर्षपनि १८ परिक्षा केन्द्र तोकिएको छ । सवैभन्दा कम रम्घास्थित भैरवकाली उच्च माविमा छन् भने सबै भन्दा धेरै परीक्षार्थी खुदीस्थित अमर उच्च मावि स्रोतकेन्द्रमा छन् ।

तस्विरमा वेसीशहरस्थित विद्याविकास उच्च माविमा एसएलसी परीक्षा दिँदै किरियापुत्री सौगात पराजुली । सौगातका बाबु अर्जुन पराजुलीको तीनदिनअघि निधन भएको थियो ।

तस्विरः आश गुरुङ 'प्रतीक'



Posted on:March 24, 2011, 6:32 am

No comments:

Post a Comment