Sunday, June 26, 2011

कमला देवी आमा समूहको भवन उद्घाटन

आश गुरुङ,
लमजुङ, बैशाख २७ गते ।
लमजुङको भारते गाउँ विकास समिति वडा नं. ५ झगरे गाउँस्थित कमला देवी आमा समूहको भवन उद्घाटन कार्यक्रम हालै सम्पन्न भएको छ ।
भवनको लमजुङ क्षेत्र नं. १ वाट निर्वाचित संविधान सभा सदस्य बुद्धिराम तमुले उद्घाटन गरेका थिए । कार्यक्रमको बिशेष अतिथिमा पर्ूव स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी थिए ।

उद्घाटन गर्दै प्रमुख अतिथि बुद्धिराम तमुले कमला देवी आमा समूहको साहसलाई कदर गर्नुपर्ने वताए । राजनीतिक दलले पनि यसरी नै इमान्दारीपर्ूवक काम गर्ने हो भने देशको संविधान समयमै तयार हुने उनले वताए । अवको संविधान दलित, महिला, आदिवासी जनजाति, पिछाडिएको बर्गको अधिकार सुनिश्चित हुने खालको बन्नुपर्ने तमूको धारणा छ ।

सो कार्यक्रममा बिशेष अतिथि एवम् पर्ूव स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी, नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव भिमबहादुर गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रामकृष्ण कँडेल, नेपाली कांग्रेस क्षेत्र नं. १ लमजुङका सभापति बिष्णु धिताल, महिला आपसी सहयोग केन्द्र भारते लमजुङकी उपाध्यक्ष इन्दिरा लम्साल, बुद्धिजीवि समाजसेवी पशुपति अधिकारी, सूर्योदय उमाविका अध्यक्ष बिष्णु बहादुर अधिकारी, एकीकृत नेकपा माओवादी गाउँ कमिटिका सदस्य बाबुराम अधिकारी, नेपाली कांग्रेस गाउँ कार्यसमितिका सभापति चुडामणि अधिकारी, नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष ओमबहादुर गुरुङ, सिर्जनशील आमा समूह भाटेओडारकी अध्यक्ष चन्द्रमाया गुरुङ लगायतले कमला देवी आमा समूहले गरेका कार्य उदाहरणीय भएको वताएका थिए । गाउँको र महिलाहरुको साहस, आँट, जोस जाँगर र प्रगतिलाई सम्मान गर्नुपर्ने वताउँदै उनीहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा केन्द्रीयस्तर, जिल्ला स्तर, क्षेत्रियस्तरका राजनीतिक दलका प्रमुख, नेता तथा कार्यकर्ताहरु, स्थानिय गाविसका विभिन्न पार्टर्ीी्रमुख एवम् प्रतिनिधिहरु, बिभिन्न विद्यालयको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विभिन्न गाविसका आमा समूहका अध्यक्ष साथै सदस्यहरुको उपस्थिति थियो ।

भवन निर्माण समितिका सचिव कुमराज गुरुङले सो अवसरमा कमला देवी आमा समूहको भवन निर्माण कार्यको प्रगति प्रतिवेदन तथा आयव्याय विवरण प्रस्तुत गरेका थिए । भवन निर्माणका लागि ५ लाख १९ हजार रुपैँया बराबरको खर्च भएको र १ लाख ११ हजार बराबरको रकम भुक्तानी हुन बाँकी रहेको विवरणमा उल्लेख छ । कार्यक्रममा भवन निर्माणको लागि ५ आना २ पैसाको जग्गा र भवन निर्माणमा बिशेष योग्दान पुर्‍याएकामध्ये अधिकतम चन्दा दान गर्ने मोहनसिंह गुरुङ र धौरी गुरुङ साथै निशुल्क ढुंगा सहयोग गर्ने धनमाया तामाङलाई प्रमुख अतिथि र बिशेष अतिथिबाट प्रमाणपत्र र दोसल्ला ओर्ढाई सम्मान गरिएको थियो । सो अवसरमा चन्दादाता व्यक्ति एवम् समूह संघ संस्थाहरुलाई प्रमाणपत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । भवन निर्माणमा मोहन सिंह गुरुङ, रामचन्द्र अधिकारी, मनकुमारी गुरुङ, पशुपति अधिकारी, डम्बर बहादुर गुरुङ, रुद्रबीर गुरुङ, गोपीराम गुरुङ, चन बहादुर गुरुङ, सिंहबीर तामाङ, मसिनु गुरुङ, धनमाया तामाङ र कुमराज गुरुङले विशेष सहयोग गरेका महिला आपसी सहयेाग केन्द्रकी कार्यक्रम सहायक धनकुमारी गुरुङले जानकारी दिईन् ।

समूहकी अध्यक्ष मनकुमारी गुरुङको अध्यक्षमा भएको भवन उद्घाटन कार्यक्रमलाई समूहकी सदस्य धनकुमारी गुरुङले संचालन गरेकी थिईन् । कार्यक्रममा समूहका सल्लाहकार एवम् बुद्धिजीवि गोपीराम गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

Kamala-Devi-Aama-Samuha-Bhawan-Udgahatan
Kamala-Devi-Aama-Samuha-Bhawan-Udgahatan

Posted on:May 10, 2011, 5:14 am

No comments:

Post a Comment