Monday, June 20, 2011

घाइते गुरुङको उपचारका लागि ८३ हजार संकलन

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर १५ गते ।
लमजुङको चण्डीस्थान गाविसको चनौटे नजिकै मर्स्याङदी नदी किनारामा ढुङ्गाले किचेर घाइते भएकी मनमाया गुरुङको उपचारका लागि लमजुङमा ८३ हजार ३ सय रुपैँया संकलन भएको छ ।
लमजुङको सदरमुकाम बेसीसहरमा रहेको त्रिवेणी युवा क्लब, लमजुङ मर्स्याङ्दी युवा क्लब, बेशीसहर युथ सोसाइटी, आदर्श युवा क्लब, मनाङ्गे चौतारा परिवार र पीडित परिवारसहितको टोलीले आज वेसीशहर बजारमा राहत तथा सहयोग संकलन गरेको हो । मनमायाको उपचारका लागि पर्यटक, नेपाली सेना, ब्यापार ब्यवसायी तथा स्थानीयवासिन्दाले मन खुलेर सहयोग गरेका त्रिवेणी युवा क्लवका सचिव गोविन्द वस्नेतले जानकारी दिनुभयो ।
मर्स्याङ्दी नदी छेउ ढुङ्गामा अल्झियको दाउरा तान्ने क्रममा गत मंसिर १२ गते २४ वषिर्या मनमाया गुरुङलाई उल्टै सोही ढुंगा फर्किएर किचेको थियो । आर्थिक अवस्था ज्यादै नाजुक रहकेो गुरुङको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
गोरखा सौरपानी गाविस वडा नं. ९ स्थायी घर भई विगत ७ बर्षेखि चण्डिस्थानको चनौटेमा मजदुरी काम गर्दै आएकी गुरुङको नेपाली सेना, नेपाल प्रहरी स्थानियबासीले तीनघण्टाको अथक प्रयासपछि ढुङ्गाले किचिएको खुट्टा काटेर उद्धार गरेका थिए ।










Mail to: आश गुरुङ 'प्रतीक'

Posted on:December 1, 2010, 7:18 am

No comments:

Post a Comment