Sunday, June 26, 2011

गुड प|mाइडेको अवसरमा रक्तदान

सन्देश पौडेल,
लमजुङ, बैशाख ९ गते ।
आज गुड प|mाईडे । गुड प|mइडेको अवसर पारेर आज शुक्रवार जिल्ला सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नवशान्ती एजी चर्चको आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ९ जना तयार भए पनि तत्काल अस्पतालमा रगत खपत नहुने भएकोले ४ जनाले मात्र रक्तदान गरे ।

अस्पतालको रक्तदान कक्षमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नवशान्ति एजी मण्डलीका मिना गुरुङ, सन्देश पोडेल, किरण गुरुङ र वचन गुरुङले रक्तदान गरेका थिए ।

मानिसको पापको निम्ति मानवीय वलीको रुपमा येशुख्रिष्टले आफैँलाई क्रुसमा वलिदान गरि रगत वगाएको दिन इर्साईहरु गुड प|mाइडेको रुपमा मनाउने गर्छन् ।

२००० वर्षअगाडि येशु ख्रिष्टलाई हात र खुट्टामा किला ठोकी क्रुसमा टाँगिएपछि कोर्रर्ाागाइएको थियो । क्रुसमा टाँग्दा र कोर्रर्ााे चोटले येशुको शरीर वाट रगत वगेको थियो । मानव उद्धारको लागि वगाइएको त्यही रगतको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको नवशान्ति मण्डलीका पाष्टर ठाकुर गुरुङले वताए ।

गुड प|mाइडे वर्षा एक दिन मात्र मनाइन्छ । बाइबल अनुसार त्यो दिन यहुदी धर्मगुरुहरु मुख्य पुजाहारीहरुले प्रभु येशु ख्रिष्टलाइ क्रुसमा टाँगेको दिन अर्थात येशुख्रिष्टले क्रुसमा प्राण त्यागेको दिन हो । शुक्रवारको दिन अपरान्ह ३ वजेतिर येशुले आफ्नो प्राण त्यागेका थिए । यशूको मृत्युपछि तेश्रो दिन अर्थात आइतवार पुनरुत्थान भएको थियो, जुन दिनलाइ इसाइहरु इष्टर सन्डेको रुपमा मनाउने गर्दछन ।
येशूको वलिदान मा विश्वास गर्ने ले जीवन पाउने इर्साई धर्मावलम्बीको बिश्वास छ ।
Blood donation at Lamjung


Posted on:April 23, 2011, 6:13 am

No comments:

Post a Comment