Tuesday, June 21, 2011

आदिवासी जनजाति घर बनाउन भ्याईनभ्याई

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ २४ गते ।
लमजुङ सदरमुकाम वेसीशहर नजिकै अहिले आदिवासी जनजातिहरु आ आफ्नो जातीय घर बनाउन ब्यस्त छन् । एकदर्ुइ वटा मात्रै नभएर सिंगो गाउँ बनाउन कस्सिएका छन् लमजुङका आदिवासी जनजातिहरु ।
पहिलो पटक आगामी बुधबारदेखि शुरु हुने आदिवासी जनजाति सांस्कृतिक महोत्सवका लागि आदिवासी जनजातिहरु 'आदिवासी भिलेज' निर्माण गर्न कम्मर सकेर लागेका हुन् ।

सदरमुकाम बेसीसहरको सहजी खेल मैदान नजिकै तयारी हुँदै गरेको 'आदिवासी भिलेज'मा सबैभन्दा धेरै जनसंख्या रहेको गुरुङदेखि सबैभन्दा कम जनसंख्या रहेको चेपाङ समुदायले आ आफ्नो समुदायको घर बनाईसकेकाछन् । यसका अलाव दुरा, तामाङ, मगर, हृयोल्मो, नेवार, भुजेल र कुमाल गरी ९ वटा जनजाति समुदायको घरसंगै संस्कृति झल्कने विविध संरचनाहरु निर्माण गर्दैछन् । एक साता अघिदेखि निर्माण थालिएको आदिवासी भिलेज हर्ेन महोत्सव अघि नै मानिसहरुको भीड लाग्ने थालेको छ ।

विशेषगरि जिल्लामा रहेका सबै आदिवासी जनजातिहरुको पुरानो रहनसहन र ऐतिहासिक महत्वबारे एकैथलोबाट जानकारी दिलाउने उदेश्यले आदिवासी भिलेज निर्माण गर्न लागिएको हो । आदिवासी भिलेजमा संस्कृति झल्कने सबै किसिमका सामानहरु, भेषभूषा राख्नुका साथै कला, संस्कृतिहरु समेत पर््रदर्शन गरिने महोत्सव मूल समारोह समितिका संयोजक खेमजंग गुरुङले वताए ।

महोत्सवकै मुख्य आकर्षाको रुपमा रहेको आदिवासी भिलेजमा आदिवासी समुदायहरु आफ्नो घर कसरी राम्रो पार्ने र कस्ले राम्रो बनाउने भन्ने प्रतिपर्धामाछन् । आ-आफ्नो समुदायको घर बनाउन आ आफ्नै समुदायका युवायुवतीदेखि बुढाबुढीसम्म खटेका छन् । आदिवासी भिलेजभित्र जिल्लाको धामिर्क तथा पर्यटकीय स्थल दूधपोखरी, मेमेपोखरी र बराहपोखरी लगायत ठाउँ जाने बाटो पनि निर्माण गरिएको छ ।

आदिवासी जनजातिको कला संस्कृति पर््रवर्द्धन गर्ने तथा पर्यटन बर्षसन् २०११ लाई सघाउ पुर्‍याउने उदेश्यले आयोजना गरिएको महोत्सव माघ २६ देखि फागुन ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा झाँकी, प्याराग्लाइडिङ, कृषि, हस्तकला, जडिबुटि पर््रदर्शनी, पर्यटकीय गाउँहरुको टुर प्याकेज, लोकदोहोरी लगायतका कार्यक्रमसंगै जलवायू परिवर्तन तथा रेड अवधाराणा, अन्तरराष्ट्रिय श्रम संगठनको अभिसन्धी न १६९ को विषय र जलश्रोतको बारेमा समेत सचेतनामूलक कार्यक्रमको आयोजना गरिने महोत्सव मूल आयोजक समितिका सचिव धर्मराज श्रेष्ठले जानकारी दिएकाछन् ।

महोत्सवमा १ सय ५० वटा स्टलहरु राखिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङको आयोजनामा भएको महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।









Posted on:February 7, 2011, 6:19 am

No comments:

Post a Comment