Saturday, June 25, 2011

कांग्रेस सचिवको संसदीय दलका नेताद्धारा श्रद्धाञ्जली

आश गुरुङ 'प्रतीक' lamjungnews@gmal.com
लमजुङ, चैत ७ गते ।
काठमाडौँस्थित ओम अस्पतालम उपचार गर्दागर्दै अल्पायुमै निधन भएका नेपाली कांग्रेस लमजुङका सचिव अर्जुन पराजुलीको शवमा संसदीय दलका नेता रामचन्द्र पौडेलले अन्तिम श्रद्धाञ्जली दिएकाछन् ।

पेटमा भएको अल्सर विग्रिएर क्यान्सर रोग लागेपछि ओम अस्पतालमा कमोथेरापी पद्दतीद्धारा उपचार गर्दागर्दै ४२ वर्षो अल्पायुमै पराजुलीको सोमवार विहान सवा ७ बजे निधन भएको थियो ।

अन्तिम संस्कारका लागि गृह जिल्ला ल्याईएको पराजुलीको शवलाई मर्स्याङ्दी नदीछेउ पुर्�याईएको बेला संसदीय दलका नेता एवं काँगे्रस केन्द्रीय सदस्य पौडेलले सोमवार साँझ पार्टर्ीीे झण्डा ओढाउनुका साथै फूलमालाले अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका थिए । यसअघि नेपाली कांग्रेसको आयोजनामा वेसीशहरका फूलवारी मञ्चमा अन्तिम श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्नुका साथै शवयात्रा गरिएको थियो ।
पराजुलीको शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै नेता पौडेलले उनको निधनले नेपाली कांग्रेस पार्टर्ीीई अपुरणीय क्षति भएको वताए । पराजुलीको निधनले लमजुङमा क्रियाशील अन्य राजनीतिक दलले पनि आफूहरु स्तब्ध भएको जनाएको छ । एकीकृत नेकपा माओवादीकार् इन्चार्ज देवेन्द्र पराजुली, नेकपा एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठले पराजुलीको निधनले सिंगो लमजुङ जिल्लालाई अपुरणीय क्षति भएको टिप्पणी गरेकाछन् ।

पराजुलीको अन्तिम संस्कारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, पर्ूव राज्यमन्त्री रामबहादुर गुरुङ लगायत नेता तथा कार्यकर्ता साथै अन्य राजनीतिक दल नेता एवं कार्यकर्ता र वेसीशहर साथै वरपरका शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

गत माघ दोस्रो सातादेखि अस्पताल भर्ना भएका पराजुलीलाई उपचारका लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी मेमोरियल अस्पतालसमेत लगिएको थियो । त्यहाँ शल्यक्रिया हुन नसकेपछि केमोथेरापीबाट उपचार गराउन फागुन अन्तिम साता पुनः काठमाण्डौं ल्याइएको थियो ।

विक्रम सम्बत २०२५ साल असार १७ गते बुवा गणेशबहादुर र आमा तिलमाया पराजुलीका जेठा छोराको रुपमा लमजुङको चक्रतर्ीथ गाविस वडा नंं ३ मा जन्मेका पराजुली नेपाल रेडक्रस सोसाइटी लमजुङको सभापति समेत हुन् । उनी नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक सदस्य एवं पर्ूव सचिव तथा वर्तमान साधारण सदस्य पनि हुन् । उनको निधनले पत्रकारीता जगतमा अपुरणीय क्षति पुर्�याएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष कृष्ण केसी र प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्षर् इश्वर पाण्डेले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।

२०३९ सालमा स्कुले जीवनमा नेपाल विद्यार्थी संघमा प्रवेश गरि सक्रिय रुपमा लागेका पराजुली सरस्वती वहुमुखी क्याम्पसमा नेविसंघ इकाइका सभापति हुँदै २०४६ मा काँग्रेस लमजुङका सदस्य भएका थिए । २०५४ सालमा क्षेत्र नं १ का क्षेत्रीय सभापति भएका पराजुली २०५७ सालमा कोषाध्यक्ष र २०६१ साल यता सचिव पदमा कार्यरत रहँदै आएका थिए । उनी प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले गरेका विभिन्न आन्दोलनमा सहभागि भएर जेल समेत परेका ब्यक्ति हुन् ।

मर्स्याङदी वहुमुखी क्याम्पस वेसीशहरमा दश वर्षअध्यापन समेत गराएका पराजुली नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका सभापति पनि हुन् । सरल र मिजाशिला स्वभावका पराजुली अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए ।






Posted on:March 22, 2011, 12:03 am

No comments:

Post a Comment