Sunday, June 26, 2011

लमजुङको घलेगाउँमा १२ औँ महोत्सवको तयारी

आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, बैशाख १४ गते । र्सार्क राष्ट्रको नमुना लमजुङको पर्यटकीय घलेगाउँमा आगामी बैशाख २३ देखि २५ गते सम्म १२ औँ घलेगाउँ महोत्सवको आयोजना गरिने भएको छ । आन्तरिक तथा बाहृय पर्यटनको पर््रबर्द्धन गरि पर्यटन बर्षसन् २०११ लाई सफल बनाउन र स्थानीय कला र संस्कृतिको संरक्षण गरि घलेगाउँलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा मनोरञ्जनका अतिरिक्त हिमाली दृश्यालोकन, होमस्टे, सूर्योदय र सूर्योस्त, बोटानिकल गार्डर्ेे भ्यू टावर, गुरुङ सग्रहालय, चिया बगान लगायत प्रमुख आकर्षाको रुपमा रहने पर्यटन व्यवस्थापन उप समिति ग्रामीण पर्यटन घलेगँाउका अध्यक्ष प्रेम घलेले जानकारी दिएकाछन् । महोत्सवको रक्षामन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको सदरमुकाम वेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । महोत्सवमा गुरुङ समुदायमा प्रचलित घाँटू, सोरठी, सर्ेका, घ्याबे्र, कृष्ण चरित्र लगायतका नृत्यहरु पर््रदशन गरिनुका साथै स्थानीय स्तरमा उत्पादित निगाला, लोक्ता, सिस्नो साथै भेडाको उनवाट बुनेका सामाग्रीहरुको पर््रदर्शनी गरिने भएको छ । ढिँडो, गुन्द्रुक, निउँरो, कुरिलो लगायतका खाद्य परिकारहरु महोत्सवमा आयोजना गरिने खाना महोत्सवको विशेष परिकारको रुपमा रहने छन् ।

हिमालयको काखमा रहेको घलेगाउँवाट माछापुच्छ्रे, अन्नपर्ूण्ा, लमजुङ, हिमालचुली, मनास्लु, गणेश लगायतका हिमश्रृङ्खलाहरु नियाल्न सकिन्छ । त्यस्तै गरी मर्स्याङदी, मिदिम तथा खुदी लगायतका जलाधारका मनारेम दृश्यहरु हर्ेदा मनै प्रफुल्लित हुने घलेगाउँ पुगेका पर्यटकहरु वताउँछन् । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरि पर्यटन व्यवसाय पर््रवर्द्धन गर्ने उद्देश्यले घलेगाउँमा विगत ११ वर्षेखि महोत्सव हुँदै आएको छ । सदरमुकाम बेसीशहरबाट मोटरमा साढे २ घण्टामा पुग्न सकिने घलेगाउँमा खानेपानी, विजुली र टेलिफोनको सुविधा पनि छ । अब छिटै सामुदायिक इमेलइन्टरनेटको व्यवस्था गरि सुचना केन्द्रको स्थापना गर्ने योजना रहेको अध्यक्ष घलेले वताए । १ सय १६ घरधुरी रहेको घलेगाउँका ३२ घरधुरीमा पर्ूण्ा होमस्टेको व्यवस्था छ ।
Ghale Gaun Mahotsav 2011

Posted on:April 27, 2011, 6:50 am

No comments:

Post a Comment