Monday, June 27, 2011

भूपू सैनिक बोर्ड उद्घाटनमा माओवादीले अवरोध नगर्ने

आश गुरुङ,
लमजुङ, जेठ २३ गते । लमजुङ सदरमुकाम वेसीशहरमा निर्माण भएको भारतीय भूतपर्ूव सैनिकहरुको बोर्ड कार्यालय उद्घाटनमा एकीकृत माओवादीले अवरोध नगर्ने भएको छ ।
भारतीय भूतपर्ूव सैनिकहरुले आफ्ना कार्यक्रममा हस्तक्षेप नगर्न चेतावनी दिएपछि एकीकृत माओवादीले आफ्नो पार्टर्ीीदैव भूतपर्ूव सैनिकहरुको पक्षमा रहेको दावी गरेको छ । माओवादी सेक्रेटरी लालबहादुर तमूले एक विज्ञप्ति प्रकाशित गर्दै भारतीय भूतपर्ूव सैनिक बोर्ड उद्घाटन कार्यक्रममा कुनै अवरोध नगर्ने जनाएको छ ।

भारतीय दुतावासको सहयोगमा भारतीय भूतपर्ूव सैनिक समिति लमजुङले १ करेाड ३० लाख रुपैयाँको लगानीमा बेसीशहरको शेरामा २ वटा ठूला भवन निर्माण गरेको छ । सैनिक बोर्डको उद्घाटन कार्यक्रम गत चैत २१ गते एकीकृत माओवादीको अवरोधका कारण स्थगित भएको थियो । भारतीय राजदूत राकेश सूदले उद्घाटन गर्ने कार्यक्रममा माओवादीले कालो झण्डा देखाएर अवरोध गर्ने र केन्द्रीय निर्देशन भन्दै जिल्ला तहका नेताकार्यकर्ताले अडान नछाडेपछि उद्घाटन कार्यक्रम विथोलिएको थियो । उद्घाटन कार्यक्रमको १ घण्टा अघि लमजुङ आउनका लागि तयारी अवस्थामा रहेका सूद 'असुरक्षा' को कारण देखाउँदै आएनन् ।

उद्घाटन कार्यक्रममा सहभागि हुन जिल्लाका सरकारी तथा गैरसरकारीका प्रमुख, प्रतिनिधि, सुरक्षा अंगका पदाधिकारी लगायत भारतीय भूतपर्ूव सैनिकहरु र स्थानीयवासिन्दा कार्यक्रम स्थल पुगेर फर्केका थिए । उद्घाटन तयारीका लागि झण्डै १ लाख रुपैँया खर्च भएको र त्यसै खेर गएको आयोजकले जनाएको छ ।

'उद्घाटन कार्यक्रमलाई स्थगित नगरिदिन हामीले केन्द्रदेखि जिल्लास्तरसम्म धेरै बार्ता गरेका थियौँ, तर, उहाँहरु -एकीकृत माओवादी) मान्नुभएन', लमजुङ भारतीय भूतपर्ूव सैनिक समिति लमजुङका अध्यक्ष क्याप्टेन लालबहादुर गुरुङले भने, 'अवरोधका कारण हामीले राजदूतलाई अपमान गरेजस्तै भयो ।' अहिले आएर माओवादीले उद्घाटन कार्यक्रम नविथोल्ने र कार्यक्रमलाई सहयोग गर्ने आश्वासन दिएकाले खुसी लागेको गुरुङले वताए । भारतीय भूतपर्ूव सैनिकहरुले लमजुङ, तनहुँ, गोरखा र मनाङमा बसोबास गर्ने भारतीय भूपू सैनिकहरुलाई अपमान गरेको र आफ्ना काममा हस्तक्षेप गर्दै गएमा माओवादीलाई कहिल्यै सहयोग नगर्ने साथै उनीहरुका हरेक कामको विरोध गर्ने चेतावनी दिएका थिए ।

'हामीले औपचारिकता निभाउने भनेका थियौँ, कार्यक्रम रोक्ने उद्देश्य हाम्रो थिएन' एकीकृत माओवादी सेक्रेटरी लालबहादुर तमूले भने, 'अनावश्यक प्रचार भएकाले कार्यक्रम स्थगित हुन पुगेको हो ।' माओवादीले राजदूत बाहेक अन्य कोही आफिसिएल ब्यक्ति आएमा कालो झण्डा नदेखाउने वताएका थिए । सेक्रेटरी तमूले आफ्नो पार्टर्ीीारतीय भूपूहरुको पक्षमा रहेको र उनीहरुको थप सम्मान साथै विकासका निम्ति राज्यले नयाँ नीति निर्माण गर्नुपर्ने पक्षमा रहेको वताए । माओवादीले सैनिक बोर्ड उद्घाटन कार्यक्रममा अवरोध पुर्‍याएको भन्दै भारतीय दुतावासले लमजुङमा हरेक ६/६ महिनामा हुँदै आएको पेन्सन वितरण क्याम्प, स्वास्थ्य शिविर, वेसीशहरको शेराचोकदेखि सैनिक बार्डसम्म कालोपत्रे, सहजी खेल मैदानलाई सहयोग गर्ने लगायत विकास निर्माणका कार्यक्रमहरु रोक्ने चेतावनी दिएका थिए । तर, यसवारेमा दूतावासले अहिलेसम्म केही बोलेको छैन ।

यसैबीच आफ्नो बोर्डको उद्घाटनका लागि पहल गर्न तथा भारतीय दुतावासले दिएका चेतावनीलाई सकरात्मक आश्वसनमा वदल्न साथै आफ्नो संस्थाविरोधी क्रियाकलाप गर्नेविरुद्ध एकजुट भएर उठ्नका लागि समितिका संयोजक क्याप्टेन लालबहादुर गुरुङ सुप्रिम कमाण्डर र सुवेदार मेजर खेमजंग गुरुङ भाइस् कमाण्डर रहनेगरि २७ सदस्यीय संर्घष्ा समिति समेत गठन गरेको छ ।
Alpatra bhu pu sainik
Alpatra bhu pu sainik
Alpatra bhu pu sainik

Posted on:June 5, 2011, 10:44 pm

No comments:

Post a Comment