Sunday, June 26, 2011

लमजुङ कारागारका बन्दीहरु रिल अनसनमा

आश गुरुङ,
लमजुङ, बैशाख ३० गते ।
आफ्ना मागहरुप्रति प्रशासनले वेवास्ता गरेको भन्दै लमजुङ जिल्ला कारागारका बन्दीहरुले रिले अनशन शुरु गरेकाछन् ।
पाँचदिनदेखि आन्दोलनमा उत्रेका बन्दीहरु आफ्नो मागलाई संवोधन गर्नुको सट्टा वेवास्ता गरेको भन्दै अनसन शुरु गरेका बन्दीहरुले वताएकाछन् ।

आफ्नो मागहरु पुरा गर्नका लागि दवाव दिन बन्दीहरुले कारागारको गेटमा ताला लगाउँदा महिला वन्दीहरु कोठाभित्रै थुनिएकाछन् । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले सुरक्षा समितिको बैठकको निर्ण्र्ााविना बन्दीहरुका माग पुरा गर्न नसकिने वताउनुभएको छ ।
२५ जनाको क्षमता रहेको लमजुङ जिल्ला कारागारमा हाल २९ जना पुरुष र ४ जना महिला गरि ३३ जना बन्दीहरु राखिएकाछन् ।

लमजुङ कारागारका वन्दीहरु कारागारमा रहेको तीनवटा गेटमध्ये बन्दीगृहको गेट सँधै खोल्नुपर्ने, कारागार भित्रै टेलीफोन प्रयोग गर्न पाउनुपर्ने, महिला र पुरुष बन्दीको बीचमा पर्खाल लगाएर दिनभर कारागार भित्र खुलारुपमा हिडडुल गर्न पाउनुपर्ने, नियमित रुपमा पत्रपत्रिका उपलब्ध गराइदिनुपर्ने, पर्यप्त खेलकुद सामाग्रीको ब्यवस्था गरिदिनुपर्ने, वन्दीहरुलाई नियमित रुपमा स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाइदिनुपर्ने लगायतका माग राखि आन्दोलनमा उत्रेका हुन् ।
Bandi-Anasan
Bandi-Anasan
Bandi-Anasan
Bandi-Anasan

Posted on:May 13, 2011, 6:43 am

No comments:

Post a Comment