Sunday, June 26, 2011

विवादका कारण भक्तिनमुना उमावि बन्द

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
, लमजुङ, चैत २३ गते ।
लमजुङको भोटेवडारस्थित भक्ति नमुना उच्च माध्यामिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति विषयमा विवाद भएपछि विद्यालय दर्ुइसातादेखि बन्द छ ।

लामो समयसम्म विवाद लम्बाइराखेको भन्दै विद्यालयकै असन्तुष्ट शिक्षकहरुले तालाबन्दी गरेपछि विद्यालय बन्द भएको हो ।
प्रधानाध्यापकको नियुक्तिमा राजनीतिक विवादका कारण ३ महिनादेखि रिक्त माध्यामिक नेपाली शिक्षक पद पर्ूर्ति हुन सकेको छैन । विद्यालयमा मुख्य राजनीतिक दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेसंवद्ध ब्यवस्थापन समिति र शिक्षकबीच विवाद छ ।
विद्यालय बन्द भएपछिको विद्यालयको खाता सञ्चालनमा हुन नसक्दा शिक्षक तथा कर्मचारीहरुले ५ महिनादेखि तलब समेत पाएका छैनन् । विवादकै कारण ब्यवस्थापन समितिको वैठक पनि बस्न सकेको छैन । जिल्ला शिक्षा कार्यालय लमजुङले पटक पटक सहमतिमा छिटो विद्यालयको विवाद टुंग्याउन निर्देशन दिएपनि निर्देशनको पालना हुन सकेको छैन । जिल्ला शिक्षा कार्यालयका प्रमुख अम्बिका प्रसाद आचार्यले राजनीतिक विवाद नगरिकन शिक्षा नियमावलीमा टेकेर सवै विवादित विषय समाधान गर्नुपर्ने वताए ।

विद्यालयमा विवाद चर्किएपछि सोही विद्यालयका पर्ूव प्रधानाध्यापक गोविन्द बहादुर कुँवरले एक विज्ञप्ती प्रकाशित गरी चिन्ता ब्यक्त गरेकाछन् । विद्यालयको खाता सञ्चालनबारे शिक्षा नियमावलीमा स्पष्ट ब्यवस्था हुँदा हुँदै निमित्त प्रधानाध्यापक र सो पदका अन्य दर्ुइको दावेदार सहित ३ जनाको नाममा खाता सञ्चालन गर्न दिएको निर्देशनले अन्यौल बढाएको उनले विज्ञप्तीमा उल्लेख गरेकाछन् ।

पढाइ र परीक्षा अनिश्चितभएको, शिक्षक हड्ताल र तालाबन्दी अनिश्चित जस्तो भएको विद्यालयको वर्तमान अवस्थाबाट अभिभावकहरु चिन्तित बन्न थालेका छन् । राज्य संयन्त्रका सम्बन्धित स्थानीय निकायको निरीहता र रणनीतिका कारण विद्यालयको दुरावस्ता लम्बिएकाले कानुनसम्मत ठोस निर्ण्ण्ाय लिएर विद्यालयमा स्वस्थ शैक्षिक वातावरण सिर्जना गर्न अभिभावकहरुले आग्रह गरेका छन् ।

भक्ति नमूना उमाविमा ३५ बर्ष७ महिना ६ दिन निरन्तर प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर हाल सेवा निवृत भएका गोविन्द बहादुर कुँवरले विद्यालयलाई राजनीतिक खेल मैदान नबनाउन, जनताका छोराछोरीको भविष्यमाथि खेलवाड नगर्न र विद्यालयलाई आफ्नो कुण्ठा र अहम पर्ूर्ति गर्ने माध्यमको रुपमा नलिन सवैलाई आग्रह समेत गरेकाछन् ।
Bhakti-Namuna-School,-Bhotewoder,-Lamjung


Posted on:April 6, 2011, 1:45 am

No comments:

Post a Comment