Sunday, June 26, 2011

पर्यटकीय गाउँ भुजुङमा संग्रहालयको तयारी

आश गुरुङ,
लमजुङ, बैशाख १२ गते । र्
पर्यटन बर्षसन् २०११ को अवसर पारेर लमजुङको ग्रामीण पर्यटकीय गाउँ भुजुङका वासिन्दा आफ्नो गाउँमा गुरुङ संग्रहालय निर्माण गर्न जुटेकाछन् ।
भुजुङ गाविसको वडा नम्बर १ मा रहने गरि स्थापना गर्न लागिएको गुरुङ संग्रहालयका लागि पौराणिक घरमा आवश्यक सामाग्री जुटाउने काम थालिएको छ ।

संग्रहालयमा गुरुङ जातिको जन्मदेखि मृत्यूसम्म चाहिने कर्मकाण्डका सामाग्री, दैनिक जीवनमा प्रयोग हुने कृषि तथा हाते औजार तथा हातहतियार, भाँडाकुँडा, पूजापाठ तथा मेला-चार्डपर्वमा प्रयोग सामाग्री, हस्तकलाका सामाग्री लगायत राखिने भएको छ ।
भुजुङ गाउँ साँस्कृतिक प्रतिष्ठान उपसमितिको सक्रियतामा भुजुङ गाविस, स्थानीय आमा समूह, युवा क्लव, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्याप, संरक्षण ब्यवस्थापन उपसमिति लगायत संघसंस्थाको सहयोगमा संग्रहालय स्थापना गर्न लागिएको हो ।
विशेषगरि गुरुङ जातिकोर् इतिहास, रहनसहन र परम्परालाई जोगाईराख्न, यसलाई प्रचारप्रसार गर्न र आन्तरिक तथा बाहृय पर्यटकलाई आकषिर्त गरि ग्रामीण पर्यटन पर््रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गर्न लागिएको साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष खिमबहादुर गुरुङले जानकारी दिएकाछन् ।

एकै ठाउँमा ४ सय बढी घर रहेको लमजुङको भुजुङ गाउँ, एउटै गाउँ र एउटै गाविसको रुपमा चिनिन्छ । लमजुङको भुजुङ गाउँ गुरुङहरुको पुरानो गाउँ मध्ये एक हो । समुन्द्री सतहदेखि करीब १६ सय मीटरको उचाईमा रहेको भुजुङ गाउँ झण्डै ६ सय बर्षअघि स्थापना भएको मानिन्छ ।

पछिल्लो समय भुजुङ गाउँ स्वदेशीको लागि मात्रै नभएर विदेशी पर्यटकहरुको समेत गन्तब्यस्थल बनेको भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङले वताए । संग्रहालय स्थापना भएपछि अझ पर्यटन पर््रवर्द्धनमा टेवा पुग्ने गुरुङको भनाई छ ।

सदरमुकाम वेसीशहरवाट ६ घण्टामा पुग्न सकिने भुजुङ गाउँ जानका लागि सदरमुकाम वेसीशहरदेखि बाग्लुङपानी, रापसिङ, घलेगाउँ हुँदै र वेसीशहरदेखि अन्नपर्ूण्ा पदमार्गको खुदीदेखि घलेगाउँ-घनपोखरा हुँदै भुजुङ पुग्न सकिन्छ । त्यस्तै पोखरादेखि कास्कीको थुम्सीकोट, पाखुरीकोट र लमजुङको पसगाउँ हुँदै पनि भुजुङ पुग्न सकिन्छ ।
Bhujung-ward-No-1



Posted on:April 25, 2011, 6:32 am

No comments:

Post a Comment