Saturday, June 25, 2011

जिविसद्वारा पहिलो पटक उत्कृष्ट दश कृषक पुरस्कृत

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, फागुन २९ गते ।
जिल्ला विकास समिति लमजुङले पहिलो पटक जिल्लाका दश उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
कृषिका विभिन्न क्षेत्रमा सर्वोत्कृष्टता हासिल गर्ने दश जना कृषकलाई जिल्ला परिषद्को अवसरमा आज पुरस्कृत गरेको हो । कृषक र कृषि पेशा उपेक्षित बन्दै गएको वर्तमान अवस्थामा उनीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको स्थानीय विकास अधिकारी उत्तमप्रसाद नागिलाले बताउनुभयो ।

कृषकलाई जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिको सिफारिसमा सम्मान गरिएको हो ।

कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि सभासद एवं पर्ूवमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभासद् बुद्धिराम गुरुङ र प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले संयुक्तरुमा नगद ५ हजार सहित सम्मानपत्रले पुरस्कृत गरेका थिए ।

सम्मानित हुनेमा ब्यवसायिक बाख्रा पालकतर्फचक्रतर्ीथ -३ का प्रेमबहादुर खत्री, उन्नत गाइपालक इशानेश्वरका ओमराज घिमिरे, घुम्ती गोठ संचालक तथा भेडापालक पाचोक-९ का दुरजंग गुरुङ, मौसमी तथा बेमौसमी तरकारी खेती तर्फबाग्लुङपानी-९ का गोपाल गुरुङ र सुन्तला तथा कागती उत्पादन तर्फसमिभञ्याङ-८ का बालकुमार जोशी रहेका छन् ।

त्यस्तै, अलैँचीको नमूना खेती गर्ने बाझखेत-५ खाँचे का हर्क बहादुर तामाङ, कफी खेती तर्फदुधपोखरी-१ का छयाँदत्त भट्टर्राई मौरी पालक पुरानकोट- ३ का बेन बहादुर गुरुङ, माछपालन तर्फधमिलीकुवा- ८ का कृष्ण पाण्डे र स्थानीय बन पैदावरको उपयोग गरि अल्लो तथा धागो उत्पादन गर्दै आएको बेसीशहर-२ स्थित चन्द्रा अल्लो उद्योगलाई सम्मान गरिएको छ ।

त्यसैगरी जिल्ला परिषद्कै अवसरमा उत्कृष्ट कार्यदक्षता देखाएको भन्दै जिल्ला विकास समिति लमजुङका सह-लेखपाल अमरकुमार श्रेष्ठलाई पनि नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो ।




Posted on:March 13, 2011, 7:39 am

No comments:

Post a Comment