आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, फागुन २१ गते । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्वपर्ूण्ा मानिएको लमजुङको इशानेश्वर गाविस करापुटारस्थितर् इशानेश्वर महादेव मन्दिर परिसरमा यसपटक धुमधामसंग मेलाको आयोजना गरिएको छ ।
गतवर्षरुमा शिवरात्रीको एक दिनमात्रै पूजाआज र मेला लाग्ने करापुटारमा यसपटक शिवरात्रीको दिनदेखि ३ दिनसम्म मेला धुमधानसंग लाग्यो ।
महाशिवरात्री पर्वमा काठमाडौँको पशुपतिनाथ पछिको सवैभन्दा धेरै भक्तजनहरुको घुइँचो लाग्ने करापुटारस्थित इशानेश्वर मन्दिरमा यसपटक हजारौँ भक्तजनहरुले दूध चढाउनुका साथै रातभरि ठाडोबत्ती बाले । र्इशानेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समिति, स्थानीय गाविस, आमा समूह, युवा क्लव र अन्य विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा शिवरात्री मेला मनाईएको हो । मेलामा ५ सय जनाले सामुहिक ब्रतबन्ध गरेका थिए । सोही अवसरमा आयोजना गरिएको श्रीमद्भागवत महा पुराणमा ७ लाख संकलन भएको छ ।
शिवरात्रीमा सन्तानको इच्छा राखेर इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडोबत्ती बाल्ने चलन परम्परादेखिको छ । सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा गएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समय सम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडोबत्ती बाल्नेहरु मेलामा आउने गरेका इशानेश्वर महादेव मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले वताए ।
ठाडोबत्ती बाल्न तनहूँ, कास्की, गोरखा, चितवन, पर्वत, रुपन्देही लगायतका जिल्लाका हजारौं तर्ीथयात्री एवं भक्तजनहरु आएका मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिले जनाएको छ । महाशिवरात्रिको दिन इशानेश्वर महादेव मन्दिरमा रातभर जाग्राम बसेर ठाडोबत्ती बालेमा सन्तान नहुनेलाई सन्तान र पुत्र नहुनेलाई पुत्र प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ ।
मेलामा विभिन्न खेलकूदको पनि अयोजना गरिएको थियो । यसका अलाव साहित्यिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, हिमालचुली कला साहित्य प्रतिष्ठान र लक्ष्मीनारायण पुस्तकालयले ठाडो भाका, सिलोक, गण्डकी अञ्चलस्तरीय कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेको थियो ।





For more photos click here
No comments:
Post a Comment