Monday, June 20, 2011

चलचित्रले जुरायो माओत्से र प्रतीक्षालाई

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
लमजुङ
गुरुङ चलचित्र क्षेत्र यतिवेला नायकनायिकको जोडीलाई बिवाह बन्धनमा बाँध्ने नयाँ थलो बन्न पुगेको छ । तर, बलिउड र कलिउड जस्तै जोडी फर्ेर्दै विवाह गर्ने क्षेत्रमा भने अहिलेसम्म चिनिएको छैन ।
गुरुङ चलचिहरु ६ दर्जन बढी निर्माण भईसक्दा गुरुङ चलचित्रकर्मीको जोडी जामेको भने कमै मात्रामा हो । अहिलेसम्म झण्डै ९ जोडीले गुरुङ चलचित्रमै आफ्नो ब्यवसाय र बैवाहिक संवन्धि समेत स्थापित गरिसकेकाछन् ।

पछिल्लोपटक गुरुङ चलचित्रमा ख्याति कमाईसकेका चलचित्रकर्मी माओत्से गुरुङ र नायिका प्रतीक्षा गुरुङ पनि विवाह बन्धनमा बाँधिएकाछन् । जन्मस्थलो र कर्मथलो कास्की -पोखरा) भएपनि उनीहरु काठमाडौँमा गएर विवाह बन्धनमा बाँधिएका हुन् ।
काठमाडौँको म्हैपी मन्दिरमा गएर गत साता मात्रै विवाह बन्धनमा बाँधिएका माओत्से र प्रतीक्षा अहिले पोखरा फर्केकाछन् । गृहनगरवाट बाहिर गएर विवाह गरेका जोडीलाई काठमाडौँमा गुरुङ संघसंस्था, गुरुङ चलचित्रकर्मीको संस्था गुरुङ फिल्म एसोसिएसन लगायतका संघसंस्थाले साथ दिएका थिए । उनीहरुले मन्दिरमा गएर विवाह गरे पनि 'हाईवे विवाह' गर्ने धोको भने अँधुरै रहृयो ।

श्रोतका अनुसार माओत्से र प्रतीक्षाबीच 'राजमार्ग विवाह' गर्ने धोको थियो । 'मंसिर २२ गतेतिर काठमाडौँवाट गुरुङ फिल्म एसोसिएसनका सचिवसहित संस्थाका बरिष्ठ ब्यक्तित्वहरु आउने र पोखरावाट माओत्से र प्रतीक्षा गई बाटोमा भेटेर हाई वे भरिका मन्दिरमा भ्याउने जति पूजा गरेर विवाह गर्ने तय भएको थियो' श्रोतले भन्यो, 'प्रतीक्षातर्फो पारिवारिक समस्याका कारण उनीहरुले एक हप्ताअघि नै विवाह गरेका हुन् ।' तर, उनीहरु दुवैले आफ्नो विवाह सामान्य तवरले गर्ने सोँचाई गरेको र ब्यवहारमा पनि त्यसरि नै उतारेको वताएकाछन् ।

माओत्से र प्रतीक्षा दुबै कास्की जिल्लाको ग्रामीण क्षेत्र हंसपुर गाविसमा जन्मेका हुन् । तर, उनीहरुबीच चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि दुवै अपरिचित थिए । हंसपुर गाविसको स्याकलुङमा स्वर्गीय बाबु गंगबहादुर गुरुङ र आमा धनमाया गुरुङको कोखवाट कान्छो छोरोको रुपमा जन्मेका माओत्से र हंसपुर गाविसको हंसपुरमा बाबु पतिराम गुरुङ र आमा हिरा गुरुङको कोखवाट साइँली छोरीको रुपमा जन्मेका प्रतीक्षाबीच थोरै समयको मायाप्रेम पछि विवाह भएको हो ।

माओत्से गुरुङद्धारा निर्देशित पछिल्लो गुरुङ चलचित्र 'नकै फूँ -कुखुराको अण्डा) को सुटिङका क्रममा पर्वतको पञ्चासेमा उनीहरुबीच मायाप्रेम बसेको थियो । नकै फूँमा माओत्से स्वयं नायक र प्रतीक्षाले नायिकको रोलमा अभियन गरेकाछन् । गत साउनदेखि सुटिङ थालिएको नकै फूँको ४९ दिने यात्रामा उनीहरुबीच मायाप्रेम बसेको हो ।
२०४७ सालमा गाउँमा हुने संास्कृति कार्यक्रममा 'पञ्च' नामक नाटकवाट कला क्षेत्रमा प्रवेश गरेका उनी आदिवासी चलचित्रको अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित बनेका छन् । ०५१ सालमा दर्ीघजीवि नाटक समूहमा आबद्ध रहेर नाटक मञ्चन गर्न थालेका उनले नवीन सुब्बाद्धारा निर्देशित प्रख्यात टेलिचलचित्र 'दलन' मार्फ पनि ख्याति कमाएकाछन् । उनले 'मलामी' नाटकवाट नेपालमा उत्कृष्ट अभिनेताको पुरस्कार समेत पाएका थिए । उनीद्धारा निर्देशित चलचित्र कृपाले २०६४ सालमा अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव काठमाडौँ, विस्तार शाखा धरान र बुटवलमा दर्शक छनौट पुरस्कार पाए । त्यस्तै, सोही चलचित्रले काठमाडौँ अन्तराष्ट्रिय पर्वतीय फिल्म फेष्टिवलमा पनि उत्कृष्ट अवार्ड जित्न सफल भयो । त्यसपछि उनी अन्तराष्ट्रिय आदिवासी चलचित्रको बजारमा चिनिएका हुन् । पछि उनीद्धारा निर्देशित चलचित्र तिन्हागले २०६६ सालमा आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौँमा 'सिल्भर ड्रम' को उपाधि पाएपछि उनले थप ख्याति कमाएका हुन् ।

नेपाली रंगमञ्चको दुनियामा पुगेका माओत्से नेपाली कमेडी चलचित्र 'अचम्मै भो' निर्माण गरेपछि गुरुङ चलचित्रतर्फलागेका हुन् । उनी हाल गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष समेत हुन् ।
एसोसिएसनका सदस्य प्रतीक्षा गुरुङले गुरुङ चलचित्रमा अभिनय गरेको धेरै समय भने वितेको छैन । २०६४/०६५ सालमा निर्मित गुरुङ चलचित्र 'ङै जीन्दगी' बाट नायिकाको रुपमा देखा परेकी प्रतीक्षाले म्होँरा, डिट्ठा, नेपाली फिचर चलचित्र 'ब्लक लिभ', आस्योँ र पछिल्लोपटक नकै फूँमा मुख्य नायिकको रुपमा अभिनय गरेकाछन् । नकै फूँमा अभियन गर्दागर्दै प्रतीक्षाको माओत्सेसंग माया बसेर पर््रदर्शनको तयारीमा रहेको बेला विवाह भएको हो ।

नकै फूँ -कुखुराको अण्डा) चलचित्र सुटिङका क्रममा बसेको मायापिरती र विवाह नकै फूँ अर्थात कुखुराको अण्डा जस्तो नहोस्, हाम्रो कामना ।
Maotse-and-Pratikshya
Maotse-and-Pratikshya
Maotse-and-Pratikshya
Maotse-and-Pratikshya
Maotse-and-Pratikshya

Posted on:December 4, 2010, 6:32 am

No comments:

Post a Comment