Tuesday, June 21, 2011

क्याप्टेन मिलबहादुर गुरुङलाई सम्मान

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ २५ गते ।
वेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नव निर्वाचित उपाध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङलाई आफ्नो पुख्यौली गाउँका वासिन्दाले भब्य सम्मान गरेकाछन् ।
वेसीशहरको मनाङे चौतारास्थित होटल मंगोलियनमा आयोजना गरिएको सम्मान कार्यक्रममा पर्यटकीय गाउँ भुजुङ गाउँ भई हाल वेसीशहरमा बस्दै आएका भुजुङ गाउँका वासिन्दाले भब्य सम्मान गरेका हुन् । भुजुङ अर्थात फोजोँ तमु आमा समूहमा आवद्ध भुजुङ गाउँका वासिन्दाले गुरुङ संस्कृति अनुसार पा ठोँसी अर्थात तीनपटक रक्सी खुवाउनुका साथै पगरी गुथाएर सम्मान गरेका थिए ।

सो अवसरमा गरिएको नाचगान कार्यक्रममा क्याप्टेन मिलबहादुर गुरुङले भुजुङ तमू आमा समूहलाई २ हजार ५ सय रुपैँया सहयोग गरेकाछन् । नाचगान कार्यक्रममा झण्डै ८ हजार संकलन भएको छ ।

यसैगरि, एक कार्यक्रमका बीच मनाङे चौतारा टोल तमू हामा समूहले पनि क्याप्टेन गुरुङलाई सम्मान गरेको छ । गुरुङलाई आमा समूहले पगरी गुथाएर र पा ठोँसी अर्थात तीनपटक रक्सी खुवाएर सम्मान गरेका थिए । सो अवसरमा आयोजना गरिएको नाचगान कार्यक्रममा ७ हजार रुपैँया संकलन भएको छ ।

वेसीशहर खानेपानी तथा उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा सवैभन्दा बढी ५ सय २९ मत ल्याएर क्याप्टेन मिलबहादुर गुरुङ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Posted on:February 7, 2011, 10:32 pm

No comments:

Post a Comment