आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, बैशाख १ गते । नयाँ वर्ष२०६८ लाई शान्तिको वर्षो रुपमा मनाउने उदेश्यले लमजुङमा आज विहान शान्ति पदयात्रा गरिएको छ ।
शान्ति र संविधानको पक्षमा नागरिक शान्ति पदयात्रा-२०६८ नाम दिईएको सो पदयात्रा विहान ७ बजे सदरमुकाम वेसीशहरको मनाङे चौतारावाट निस्किएर शेराचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक), मानवअधिकार एलायन्स, शान्ति समाज र नागरिक समाज लमजुङको संयुक्त आयोजनामा शान्ति र्यालीको आयोजना गरिएको हो ।
र्याली पछि आयोजित कोणसभालाई संवोधन गर्दै शान्ति समाज लमजुङका संयोजक तर्ीथ न्यौपानेले शान्ति र मानवअधिकार मैत्री संविधानको लागि सवैले खबरदारी गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा जिल्लाका नागरिक समाजका प्रतिनिधि, मानवअधिकार कर्मीहरु, संचारकर्मी, उद्योगी व्यवसायी, जातिय संघ संस्था, शिक्षकहरु, प्राध्यापकहरु लगायत सहभागि थिए । र्यालीमा सहभागिले सुनौलो भविश्यका लागि शान्ति, उन्नतिका लागि शान्ति, विभाजन र फूटविरुद्ध शान्ति, जेठ १४ आएको देखनौ, संविधान किन लेखेनौ, द्धन्द रुपान्तरणका लागि शान्ति, विभेद अन्त्यका लागि शान्ति, दण्डहीनताका लागि शान्ति, दीगो विकासका लागि शान्ति लेखिएका प्लेकार्ड बोकेका थिए ।







Posted on:April 14, 2011, 1:56 am
No comments:
Post a Comment