Saturday, June 25, 2011

पश्चिम लमजुङको भोर्लेटारमा अस्पताल संचालनको तयारी

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, फागुन २९ गते ।
दक्षिणपश्चिम लमजुङको भोर्लेटार उपत्यकामा पहिलो पटक अस्पताल संचालनको तयारी गरिएको छ ।
लमजुङ, तनहुँ र कास्कीको सिमनामा पर्ने भोर्लेटार क्षेत्रमा त्यस क्षेत्रका झण्डै दर्ुइ दर्जन गाउँ विकास समितिका स्थानीयवासिन्दालाई मध्यनजर राख्दै अस्पताल संचालन गर्न लागिएको हो ।

पोखराको पद्म नर्सिङ होमसंग सहकार्य गरि संचालन गर्न लागिएको इशानेश्वर अस्पताल एण्ड रिचर्स सेन्टर संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पताल विकास समितिका अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिएकाछन् ।

सामान्य औषधी गर्न र स्वास्थ्य परीक्षण गर्न सदरमुकाम बेसीशहर आउन एक दिन लाग्ने र अन्यत्र जान पनि असुविधा भएकोले पहिलो पटक अस्पताल संचालन गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालमा चौविसै घण्टा इमर्जेन्सी सेवा, अन्तरंंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, भिडियो एक्सरे, इसिजी सेवा, लगायत डाक्टरको सेवा दिईने भएको छ । हाललाई एमबीबीएस डाक्टरबाट सेवा दिइने र निकट भविष्यमै एमडी डाक्टरको सेवो उपलब्ध गराइने संचालक राजेन्द्र पौडेलले वताएकाछन् । अस्पतलमा शुरुमा १५ शैया राख्ने तयारी गरिएको छ ।

झण्डै एक करोड लागतमा संचालन गर्न लागिएको अस्पतालमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने भएको छ । अस्पताल संचालनको तयारीका सम्बन्धमा पद्म नर्सिङ होमका वरिष्ठ डाक्टर नारायण गौतमको नेतृत्वमा आएको एक टोलीले भोर्लेटारका स्थानीयबासीलाई सुझाब सल्लाह दिएकाछन् ।

अस्पतलामा संचालनमा आएपछि लमजुङको भोर्लेटारर्,र् इश्ानेश्वर, करापु, बाग्रे, गिलुङ, पसगाउँ, धुसेनी, रम्घा, जिता साथै कास्की र तनहुँको एक दर्जन भन्दा बढि गाविसका स्थानीयबासी लाभान्वित हुनेछन् ।

Posted on:March 13, 2011, 6:32 am

No comments:

Post a Comment