Tuesday, June 21, 2011

रामचन्द्र पौडेल प्रधानमन्त्री पक्का : काँग्रेस महामन्त्री सिंह

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, पुस २४ गते ।
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले रामचन्द्र पौडेल प्रधानमन्त्री हुने पक्का भएको दावी गर्नुभएको छ । प्रेस युनियन लमजुङले सदरमुकाम बेसीसहरमा शनिवार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले हिउँदे अधिवेशनसंगै आगामी २८ गते नेपालले नयाँ प्रधानमन्त्री पाउने वताए ।


सहमतिको संभावना क्षीण बन्दै गएको बेला एमालेले टठस्थको निर्ण्र्ाात्याग्ने संकेत देखिएकाले उसको र्समर्थनमा पौडेल प्रधानमन्त्री हुने सिंहको भनाई छ । एमालेले टठस्थको रणनीति नत्यागे मुलुक ठूलो दर्ुघटनामा फस्ने सिंहको चेतावनी छ ।
कार्यनीति र गतिविधिका कारण एकीकृत माओवादीको नेतृत्वलाई कांग्रेसले स्वीकार्न नसक्ने वताउँदै एमालेले यसअघि नै सरकारको नेतृत्व गरिसकेकाले पनि पालो कांग्रेसको आएको सिंहको भनाई छ । उनले कुनैपनि हालतमा रामचन्द्र पौडेलको विकल्प कांग्रेसवाट दिन नसकिने समेत स्पष्ट पारेकाछन् ।


प्रधानमन्त्रीको निर्वाचनमा १६ औं पटक सम्म असफल भएको पौडेललाई मिडियाले 'हारेको' भन्ने प्रचारवाजी गरेको भन्दै सिंहले आपत्ति जनाए । 'रामचन्द्रजीले हारेको भए कस्ले जित्यो त -' संचारकर्मीतर्फईङ्गति गर्दै उनले भने, 'संचारकर्मीले सत्य र असत्य के हो, छुट्याउनर्ुपर्छ ।'


प्रधानमन्त्रीको रेसवाट बाहिरिएका माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खनाल फेरिपनि प्रधानमन्त्री बन्ने सपना देखेकै कारणले देशमा अस्थिरता उत्तपन्न भएको सिंहको आरोप छ । उनले अब फेरिपनि एमालेको विकल्प एमाले बन्न नसक्ने बताए ।
महामन्त्री सिंहले अनमिन जाँदैमा देशमा कुनै खतरा नहुने स्पष्ट पारे । 'अनमिनको म्याद थप्ने पक्षमा काँग्रेस छैन' उनले भने, 'अनमिनको ठाउँमा विशेष समितिले अव अनमिनले गरेका सवै जिम्मेवारी लिएर काम गर्नुपर्छ ।'


नेपाली काँग्रेसको जागरण अभियानका क्रममा लमजुङ पुगेका काँग्रेस महामन्त्री सिंहले सभापति शुसिल कोइरालाले प्रस्तुत गरेअनुरुप नै उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलाको प्रस्ताव अनुमोदन हुने दावी गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले माओवादीको हतियार ब्यस्थापन, वाईसीएलको अर्धसैन्य संरचना विगटन र कब्जा घरजग्गा एवं सम्पत्ति फिर्ता नभएसम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने वताए ।
Prakash Man Singh

Prakash Man Singh
Prakash Man Singh

Posted on:January 8, 2011, 6:01 am

No comments:

Post a Comment