Monday, June 27, 2011

निर्माणाधिन पूल मर्स्याङ्दी खस्यो, एक बेपत्ता, २ र्घाईते

आश गुरुङ,


लमजुङ, असार १ गते ।
लमजुङमा निर्माणाधिन भोटेओडार-बेलघारी मोटरेवल स्टील ट्रष्ट ब्रिज आज बुधवार अपरान्ह मर्स्याङ्दी नदीमा खस्दा १ जना मजदुर बेपत्ता भएकाछन् । २ जना र्घाईते भएकोमा एकको अवस्था चिन्ताजनक छ ।

पश्चिमी लमजुङको भोटेवोडारदेखि पर्ूर्वी लमजुङको भारते बेलघारी जोड्ने ६० मीटरको ट्रष्ट पूल मजदुरहरुले बेरिङको च्याम्बर मिलाउने क्रममा भाँचिएर मर्स्याङ्दीमा खसेको थियो ।

पूल मर्स्याङ्दी नदीमा खस्दा खोटाङ जिल्ला मंगलटार गाविस ८ का २४ बषिर्य गोपाल थापामगर बेपत्ता भएकाछन् । घाइेतेमध्ये मकवानपुर जिल्ला हाँडीखोला गाविसका १९ बषिर्य सञ्जय तामाङको अवस्था चिन्ताजनक छ । नुवाकोट जिल्ला तुक्चे गाविस ३ कार् इन्द्र लामिछाने सख्त र्घाईते भएकाछन् । र्घाईते दुवैलाई लमजुङमा उपचार हुन नसकि काठमाडौँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले जानकारी दिनुभयो । अन्य २/३ जना मजदुरहरु सर्म्पर्कबाहिर रहेका स्थानीयवासिन्दाले वताएकाछन् । र्घाईतेहरुको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाले उद्धार गरेका थिए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछाने, डीएसपी सन्दीप भण्डारी, अनुसन्धान डीएसपी पप्पु शर्मापौडेल सहित एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपाका जिल्ला स्तरीय नेताहरु समेत पुगेका थिए ।

३ बर्षघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीले शिलन्यास गर्नुभएको सो पूल प्यासिफिक बिर्ल्र्डस प्रालि काठमाडौँ र राधा कन्ट्रक्सनले निर्माण गर्दै आएको थियो । पूल भौतिक योजना तथा निर्माण मन्त्रालयको भ्याटबाहेक ५ करोडको लगानीमा पश्चिमाञ्चल सडक डिभिजन कार्यालय दमौलीमार्फ निर्माण भईरहेको थियो । पूलको झण्डै ८० प्रतिशत काम सकिएको छ । पुलको स्टील ट्रस्ट व्रिजमा प्रयोग गरिएका स्टीलको निर्माण राधा स्टीलले बनाएको इन्जिनिएर रामकुमार श्रेष्ठले बताउनुभयो । घटनास्थलमा पश्चिमाञ्चल सडक डिभिजन कार्यालय दमौलीका प्रतिनिधिहरु पुगेकाछन् ।

मर्स्याङदी नदीमा नेपाली सेना, प्रहरी र स्थानीय बासीन्दा गरी करीब ३ सय जनाले हराइरहेकाहरुको खोजी कार्य जारी राखेपनि पानीको बहाव बढी भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरी नायव उपरिक्षक सन्दिप भण्डारीले बताउनुभयो ।
घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले घटनाको विषयमा छानविन समिति गठन गर्ने वताउनुभएको छ । Belghari Bridge collapse
Belghari Bridge collapse
Belghari Bridge collapse
Belghari Bridge collapse
For more Photos

Posted on:June 15, 2011, 10:52 pm

No comments:

Post a Comment