आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, जेठ १६ गते । लमजुङको विकट तथा पर्यटकीय सिउरुङ गाउँमा आयोजना गरिएको 'छैठौँ सिउरुङ महोत्सव-२०६८' यसपटक भब्यताका साथ आयोजना गरिएको छ । स्थानीय कला संस्कृतिको संरक्षण र सर्ंबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु साथै आन्तरिक तथा बाहृय पर्यटनको पर््रबर्द्धन गरि पर्यटन वर्षसन् २०११ लाई सफल बनाउन महोत्सवको आयोजना गरिएको थियो ।
महोत्सवमा विभिन्न हस्तकलाका सामाग्रीहरुको पर््रदर्शनीका साथै खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू तथा चर्खा, झोला, पछ्यौरा लगायत उन र धागोवाट निर्मित सामाग्रीहरुको पर््रदर्शनी गरिएको थियो । त्यस्तै, गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु पनि पर््रदर्शन गरिएको थियो । महोत्सवलाई सिउरुङका वासिन्दालेमात्रै नभई वरपरका गाउँ, गाविस तथा गोरखा, तनहुँ, मनाङ जिल्लाका वासिन्दाले समेत अवलोकन गरेका थिए ।
शनिवार र आईतवार आयोजना गरिएको महोत्सवमा राष्ट्रिय कलाकार कुन्ति लिम्बूको नृत्य विशेष आकर्षाको केन्द्रविन्दु बनेको थियो । त्यस्तै कलाकारहरु शान्ति गुरुङ, पद्मा घले लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुति देखाएका थिए ।
सिउरुङका वासिन्दाले २०६२ सालदेखि हरेक वर्षमहोत्सवको आयोजना गर्दै आएकाछन् । लमजुङ सदरमुकाम वेसीशहरवाट झण्डै एक दिन लाग्ने सिउरुङमा पर्यटकका लागि २० घरमा होमस्टेको ब्यवस्था छ ।
'घाँटू रोधीँ हाम्रो संस्कृति सिउरुङ गाउँ जाउँ, दीगो आर्थिक विकासका लागि पर्यटन वर्षसन् २०११ मनाउँ' भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव सफल भएको आयोजक समितिको दावी छ । 'यसपटक सोँचेअनुसारको महोत्सव आयोजना गरियो', महोत्सव मुल आयोजक समितिका सचिव उमरबहादुर गुरुङले भने, 'ग्रामीण क्षेत्रमा आयोजना गरिएको महोत्सवमध्येमा अन्य क्षेत्रको भन्दा सिउरुङको निकै फरक तरिकाले मनाईयो ।'
नेपाल पर्यटन बोर्डको पर््रवर्द्धन साथै जिल्ला विकास समिति लमजुङ, लमजुङ उद्योग वाणिज्य संघ, खुदी गाविस, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनार् इलाका संरक्षण कार्यालय भुजुङ लगायत संघसंस्थाको सहयोगमा महोत्सवको आयोजना गरिएको हो ।
समुद्री सतहदेखि १ हजार ८ सय ५४ मीटरको उचाईमा रहेको सिउरुङ मनास्लु हिमालको काखमा छन् । उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा रहेको सिउरुङमा एक सय १२ घरधुरी एकैठाउँमा छन् ।
सिउरुङवाट मनास्लु अन्नपर्ूण्ा, माछापुच्छ्रे, बौद्ध, लमजुङ हिमालका मनमोहक टाकुरासंगै बिहानीको मिर्मिरेपछि ओछ्यानबाटै सुर्योदयको दृश्यावलोकन देख्न सकिन्छ । परम्परागत ढुंगा र खरले छाएका घुमाउने घरहरुमा चौविसै घण्टा विजुली र पानीको सेवासमेत छ ।


Click here for more photos
Posted on:May 30, 2011, 8:29 am
No comments:
Post a Comment