आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः नवीनराज कुइँकेल
लमजुङ, फागुन १५ गते ।तस्वीरः नवीनराज कुइँकेल
लमजुङको भोँजे र गिलुङ गाविसमा निर्माणाधिन हरित सडकको भुक्तानी नपाएको विरोधमा सडक निर्माण समितिले आज जिल्ला विकास समिति लमजुङको कार्यालयमा तालाबन्दी गरेकाछन् ।
जिल्ला विकास समतिको विकेन्द्रीकृत ग्रामिण पर्ूवाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम -डि्रलिप) र गाउँ स्तरीय र्सार्वजनिक निमार्ण्र्ाामितिबीच सम्झौता भएका सडकहरुको रकम भुक्तानी नभएको भन्दै स्थानिय र्सार्वजनिक समितिहरुले जिविसमा तालावन्दी गरेका हुन् ।
कार्यालयमा तालावन्दी भएपछि जिविसका कर्मचारीहरु अहिले जिविस गेट बाहिर बस्न बाध्य छन् । जसका कारण आज जिविस लमजुङको काम सबै ठप्प भएको छ ।
भोजे र गिलुङ गाविस अन्तरगत निर्माणाधिन सडकको सम्झौता अनुरुप रकम भुक्तानी नपाएपछि करापुटार-साल्मेभञ्ज्याङ-सिङ्दी हरितसडक अन्तर्रगतको निर्माणाधिन साल्मेभञ्ज्याङ-घाम्राङ खण्डको सडक निर्माणकार्य १० महिनादेखि बन्द छ ।
जिविस लमजुङले सडक निर्माणका लागि झण्डै ८४ लाख रुपैयाँ बराबरको मात्र काम गर्ने सम्झौता भएको र सम्झौता भन्दा दोब्बर खर्च दिन नसकिने जनाएको छ ।
यस अघि डि्रलिप, भोँजे र गिलुङ गाविसबीच साल्मेभञ्ज्याङ-घाम्राङ खण्डको सडक एक बर्षा सक्नुपर्ने सम्झौता भएको थियो । सो बाटोमा प्राविधिकले नरम माटो भनेर र्सर्वेक्षण गरेको र बाटो खन्ने क्रममा कडा चट्टान भेटिएपछि प्राविधिक मुल्याङ्कन सम्झौता रकम भन्दा बढि खर्च भएको सडक निर्माण तथा उपभोक्ता समितिले जनाएको छ ।
जिविसले भने सम्झौताको १५ प्रतिशतसम्म भुक्तानी गर्न मिल्ने र त्यो भन्दा बढी भुक्तानी गर्न नसक्ने जनाएको छ । जिविस लमजुङका योजना अधिकृत देवबहादुर अधिकारीले लगत स्टेमेट र सम्झौता भन्दा बढी रकम माग भएकाले भुक्तानीमा अप्ठेरो परेको बताएकाछन् ।


Posted on:February 27, 2011, 6:56 am
No comments:
Post a Comment