Tuesday, June 21, 2011

आदिवासी साँस्कृतिक महोत्सवको तयारी पुरा

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ २५ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा पहिलोपटक आयोजना गरिने आदिवासी जनजाति साँस्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।
आयोजक नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् लमजुङले आज मंगलवार साँझ पत्रकार सम्मेलन गरेर महोत्सवको सवै तयारी पुरा भएको जनाएको छ ।

सदरमुकाम बेसीसहरको सहजी खेल मैदानमा भोलिदेखि आयोजना गरिने महोत्सवको मुख्य आकर्षाको रुपमा आदिवासी भिलेज हुने भएको छ । 'आदिवासी भिलेज'मा जिल्लामा सबैभन्दा धेरै जनसंख्या रहेको गुरुङदेखि सबैभन्दा कम जनसंख्या रहेको चेपाङ समुदायले आ-आफ्नो पहिचान झल्कने घर बनाएकाछन् । तामाङ, दुरा, मगर, हृयोल्मो, नेवार, भुजेल र कुमाल गरी ९ वटा आदिवासी जनजातिको घर निर्माण भएकाछन् । झण्डै एकसाता लगाएर निर्माण गरिएका घरहरुमा निर्माण नहुँदै हर्ेर्नेहरुको घुइँचो लागेको छ ।

आदिवासी जनजातिको कला संस्कृति पर््रवर्द्धन गर्ने तथा पर्यटन बर्षसन् २०११ लाई सघाउन जिल्ला विकास समिति लमजुङको मुख्य सहयोग, हिमताल हाईड्रोपावर कम्पनीको मुख्य प्रायोजन र नेपाल पर्यटन बोर्डको पर््रवर्द्धनमा पहिलोपटक आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा झाँकी, प्याराग्लाइडिङ, कृषि, हस्तकला, जडिबुटि पर््रदर्शनी, पर्यटकीय गाउँहरुको टुर प्याकेज, पर्यटन सूचना केन्द्र, र्‍याफि्टिङ, लोकदोहोरी लगायतका कार्यक्रमसंगै जलवायू परिवर्तन तथा रेड अवधाराणा, अन्तरराष्ट्रिय श्रम संगठनको अभिसन्धी नम्बर १६९ को विषय र जलश्रोतको बारेमा समेत सचेतनामूलक कार्यक्रमको आयोजना गरिने आयोजक समितिका संयोजक खेमजंग गुरुङले जानकारी दिनुभयो । महोत्सवमा १ सय ५० वटा स्टलहरु राखिएकाछन् ।
















Posted on:February 8, 2011, 7:10 am

No comments:

Post a Comment