आश गुरुङ,
बालककी आमा बेहोस्लमजुङ, जेठ ९ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा आईतवार साँझ साढे ६ बजेदेखि बेपत्ता एक स्कूले बालक २१ घण्टापछि सोमवार दिउँसो मृत अवस्थामा भेटिएकाछन् ।
लमजुङकै उत्तरकन्या गाविस ८, खगुम घर भई हाल वेसीशहर ३, शान्तिटोल गैरीधारा नजिकै वस्दै आएका ७ बषिर्य जगत गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।
गैरीधारा नजिकै निर्माण भईरहेको एक घरको निर्माणाधिन सेफ्टी ट्याङ्की भित्रको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकको शवलाई स्थानीयवासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । निर्माणाधिन घरको ढलान आईतवार ३ बजेतिर सकिएको स्थानीयवासिन्दाले वताएकाछन् ।
मृत बालक वेसीशहरस्थित ल्यण्डस्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्दै गरेका विद्यार्थी हुन् । घटनावारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक आनन्दमणी लामिछानेले वताए ।
आईतवार साँझ मृतक बालककी आमा चन्द्रकुमारी गुरुङ विरामी आफन्तलाई खाना पुर्याउन अस्पताल गएको बेला बालक बेपत्ता भएका हुन् । आफ्ना साथीहरुसंगै खेलिरहेका बालक बेपत्ता भएपछि आफन्त र स्थानीयवासिन्दाले आईतवार साँझदेखि नै खोजीकार्य तीब्र बनाएको थियो । बालक मृत अवस्थामा भेटिएको स्थान उनी बसेको घरदेखि झण्डै डेढसय मीटरको दुरीमा पर्दछ ।
बालकको मृत्यू भएको खबर पाएपछि उनकी आमा चन्द्रकुमारी बेहोस् बनेकाछन् । उनलाई लमजुङ जिल्ला सामुदायिक अस्पताल लगिएको छ ।





Posted on:May 23, 2011, 6:28 am
No comments:
Post a Comment