Monday, June 20, 2011

लमजुङमा आजदेखि पहिलोपटक गुरुङ चलचित्र महोत्सव हुँदै

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर ३ गते ।
गुरुङहरुको उद्गमस्थल मानिने लमजुङमा आजदेखि पहिलोपटक गुरुङ चलचित्र महोत्सव हुँदै छ ।
आज र भोलि आयोजना गरिने महोत्सवमा भाग लिन काठमाडौँ, पोखरा, बुटवल लगायतका स्थानवाट ६० भन्दा बढी चलचित्र कलाकारहरु सदरमुकाम वेसीशहर पुगेकाछन् ।
महोत्सवमा गुरुङ भाषाका विल्कुलै नयाँ चलचित्रहरु तमू हृयूला अर्थात गुरुङ राज्य, आशिमाला अर्थात शुभकामना, आस्योँ अर्थात मावली, आक्रोदो अर्थात नरुनु, रोधीँघर र खेब धीँ अर्थत पढ्ने घर नामक बृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा गुरुङ चलचित्रकर्मीहरुद्धारा रमाइलो कार्यक्रम, गुरुङ चलचित्रको विषयमा अन्तरक्रिया र गुरुङ संग्रहालयको अबलोकन कार्यक्रम राखिएको महोत्सव मुल आयोजक समितिका संयोजक गमन घलेले जानकारी दिनुभयो ।
गुरुङ चलचित्रको विकास र प्रर्वद्धनका लागि गुरुङहरुको आदिम थलो लमजुङमा पहिलो पटक गुरुङ चलचित्र महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । नेपाली ग्रामीण जनजीवन, भाषासंस्कृति र कलालाई मध्यनजर गरेर निर्माण गरिएका गुरुङ चलचित्रहरुलाई अझ बढी विस्तार गर्न महोत्सव फलदायी हुने आयोजकले दावी गरेको छ ।





Mail to: आश गुरुङ 'प्रतीक'

Posted on:November 19, 2010, 9:51 pm

No comments:

Post a Comment