Sunday, June 26, 2011

र्सार्क राष्ट्रकै नमुना लमजुङको घलेगाउँमा महोत्सव शुरु

आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, बैशाख २३ गते । र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा आजदेखि १२ औँ घलेगाउँ महोत्सव शुरु भएको छ । महोत्सवको एक समारोहवीच रक्षामन्त्री विष्णु पौडेलले उदघाटन गरेकाछन् । महोत्सवको उदघाटन गर्दै मन्त्री पौडेलले वर्तमान सरकारले नै शान्ति र संविधानको शुनिश्चितता गर्ने वताए । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्�याउन माओवादीले शिविरको हतियार सरकारलाई बुझाउनु पर्ने उनको भनाई छ । हतियारको दम्भ र हिंसाको बाटोबाट शान्ति र संविधान कहिल्यै छाउन नसक्ने वताउँदै मन्त्री पौडेलले यसका लागि माओवादीलाई गम्भीर हुन आग्रह गरे ।

सविधान निर्माणमा आशंका नगर्न जनतालाई आग्रह गर्दै मन्त्री पौडेलले वर्तमान सरकारले घुँडा टेकेरै संविधान ल्याउने दावी गरे । नेपालमा पर्यटन पर््रवर्द्धनका लागि घलेगाउँले निकै भूमिका खेलेको उल्लेख गर्दै उनले पर्यटकीय पर्ूवाधारका लागि सरकारले ठोस नीति ल्याउने वताए । आगामी आईतवारसम्म संचालन हुने महोत्सवको पहिलो दिन गुरुङ समुदायमा प्रचलित घाँटू, सोरठी, सर्ेका, घ्याबे्र, कृष्ण चरित्र लगायतका नृत्यहरु पर््रदशन गरिनुका साथै स्थानीय स्तरमा उत्पादित निगाला, लोक्ता, सिस्नो साथै भेडाको उनवाट बुनेका सामाग्रीहरुको पर््रदर्शनी गरिएको छ । महोत्सवमा ढिँडो, गुन्द्रुक, निउँरो, कुरिलो लगायतका खाद्य परिकारहरुको समेत पर््रदर्शन गरिएको थियो ।

महोत्सवमा मनोरञ्जनका अतिरिक्त हिमाली दृश्यालोकन, होमस्टे, सूर्योदय र सूर्योस्त, बोटानिकल गार्डर्ेे भ्यू टावर, गुरुङ सग्रहालय, चिया बगान लगायत प्रमुख आकर्षाको रुपमा रहनेछन् । स्थानीय कला र संस्कृतिको संरक्षण तथा सर्ंवर्द्धन गरि घलेगाउँलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिन लागेको पर्यटन व्यवस्थापन उप समिति, ग्रामीण पर्यटन घलेगँाउका अध्यक्ष प्रेम घलेले जानकारी दिए ।

समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईमा रहेको घलेगाउँमा पर्यटकलाई मध्यनजर राख्दै ३२ घरमा होमस्टेको ब्यवस्था गरिएको छ । घलेगाउँका वासिन्दाले २०५७ सालदेखि निरन्तर महोत्सवको आयोजना गर्दै आएको छ ।

स्याङजाको सिरुवारीपछि घलेगाउँमा २०५६ सालमा जिल्लामै पहिलो पटक ग्रामीण पर्यटनको अवधारणा भित्रिएको हो । घलेगाउँबाटै सिकेर अहिले जिल्लाका दर्जन बढी गाउँहरु ग्रामीण पर्यटकीय गाउँतर्फउन्मुख छन् ।

सदरमुकाम बेसीशहरबाट मोटरमा २ घण्टामा मज्जाले पुगिने घलेगाउँमा खानेपानी, विजुली र टेलिफोनको सुविधा छ । अब छिटै सामुदायिक इमेल इन्टरनेटको व्यवस्था गरि सुचना केन्द्र स्थापना गर्ने योजना रहेको पर्यटन ब्यवस्थापन उपसमितिले जनाएको छ ।
समुद्री सतहबाट २१ सय मिटर उचाइमा अवस्थित घलेगाउँका १ सय १६ घरधुरी मध्ये हाल २७ घरमा पर्ूण्ा रुपमा होमस्टेको ब्यवस्था छ । अधिकांश घरहरुलाई होमस्टेका लागि प्रयोगमा ल्याईएको छ । Ghale gaun Mahotsav 2011

Posted on:May 6, 2011, 6:35 am

No comments:

Post a Comment