Tuesday, June 21, 2011

खानेपानी प्रशोधन केन्द्रको उद्घाटन

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
, लमजुङ, माघ १७ गते ।
लमजुङको सदरमुकाम बेसीशहरको ठूलोपँधेरोमा निर्माण सम्पन्न खानेपानी प्रशोधन केन्द्रको आज उद्घाटन गरिएको छ ।
प्रशोधन केन्द्रको नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं लमजुङ क्षेत्र नम्बर २ वाट निर्वाचित संविधान सभा सदस्य पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमबीच उद्ाटन गर्नुभयो ।
खानेपानी प्रशोधन केन्द्र नेपाल सरकारको ८० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत गरी १ करोड ९० लाख ७४ हजार रुपैँयाको लागतमा निर्माण गरिएको हो ।

बेसीशहर वरपर डुँढखोला, लप्लेखोला र महभिरखोलाबाट ल्याइएको पानीलाई प्लेन सेडिमेन्टेशन, रफिनिङ फिल्टर लगायतका पद्दतिबाट प्रशोधन गरि वितरण गरिएको खानेपानीवाट वेसीशहरका झण्डै २५ हजार उपभोक्ता लाभान्वित भएका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङकार् इन्जिनियर कमल अर्यालले जानकारी दिनुभएको छ ।
वेसीशहरका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको बेसीशहर खानेपानी गुणस्तर सुधार आयोजनाको निर्माणकार्य ३ महिना अघि निर्माण सकिएको हो ।

यसैगरि, वेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन पनि आजदेखि शुरु भएको छ । समितिका अध्यक्ष बामदेव अधिकारीको हृदयघातका कारण गत पुस १ गते निधन भएपछि अधिवेशनको मिति सारिएको थियो । अधिवेशनमा नयाँ कार्यसमितिका लागि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा उतारेको छ ।
अध्यक्ष पदका लागि माओवादीले भुपाल दनाइँ, कांग्रेसले कृष्णबहादुर अधिकारी र एमालेले लिलाबहादुर रिमाललाई अघि सारेको छ ।







Posted on:January 31, 2011, 3:41 am

No comments:

Post a Comment