Monday, June 27, 2011

सेनाको सुवेदार भन्दै लुटपाट गर्ने गिरोह पक्राउ

आश गुरुङ,
लमजुङ, जेठ १९ गते ।
देशका विभिन्न भागमा लुट्दै हिँडेने दर्ुइजनालाई लमजुङ प्रहरीले पक्रेको छ । पक्राउ परेका पोखरा उपमहानगरपालिका वडा नम्बर १८, छिनेडाँडा भेडीफारमका जसबहादुर थापामगर र लमजुङ गाउँशहर गाविस ८, नरुवल पाखाथोकका उज्वल भनिने भरत आलेमगरलाई प्रहरीले र्सार्वजनिक गरेको छ ।

जसबहादुरलाई लमजुङ प्रहरीले चितवनवाट र भरतलाई गाउँवाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्दिप भण्डारीले आफ्नै कार्यकक्षामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरीले उनीहरुको साथवाट प्रहरीले छुट्टाछुट्टै ब्यक्तिको नाम गरेको झण्डै २० लाख बराबरको चेक, नेपाली सेनासंवन्धित कागजपत्र र छाप, जग्गाधनी प्रमाणपर्ूजा, लाईसेन्स, नक्कली सुनका गहना, केही स्वदेशी तथा विदेशी पैसा लगायत बरामद गरेको छ ।
जसबहादुर थापामगर २०५३ साल जेठमा तनहुँको दमौलीमा सुनचाँदी पसल गर्दै वसेका दयराम विक र रञ्जन विकलाई मारेको अभियोगमा ११ बर्षर भरत आलेमगर नेपाली सेनाको भगौडा मुद्धाको अभियोगमा केही समय केन्द्रीय कारागारमा वसेर केहीवर्षघि जेलमुक्त भएर फेरि ठगी र लुटपाटमा संलग्न हुँदै आएका ब्यक्तिहरु हुन् ।

प्रहरीले उनीहरुविरुद्ध लमजुङ भोटेओडारका यानमाया गुरुङको घरमा नेपाली सेनाको सुवेदार भनेर नशालु पदार्थ खुवाई लुटपाट गरेको भन्दै मुद्धा दायर गरेको छ । यानमायाकी श्रीमान् गरुडदल गण पाल्पामा कार्यरत रहेको र नशालु पदार्थ खुवाएर लुटपाट गर्ने जसबहादुरले आफू सोही गणको सुवेदार भएको भन्दै पाहुना हुन आउने क्रममा लुटपाट गरेर भागेका हुन । जसबहादुरले भगवानको प्रसाद भन्दै गुँदपाक खुवाएको र गुँदपाक खाएपछि परिवारका सबै सदस्य बेहोस भएपछि भरत आलेमगरलाई टेलिफोन गरि लुटपाट गरेका थिए । लुटपाटको योजना भने भरतले बनाएको र आफूलाई चिन्ने भएपछि जसबहादुरलाई पाहुनको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको प्रहरीको भनाई रहेको छ । उनीहरुले यानमायाको घरवाट गत असोजमा साढे ५ तोलाको सुनको सिक्री, बाला र मोवाईल चोरेर भागेका थिए ।

कुटपिट काण्डमा पक्राउ परेका भरत आलेमगरको मोवाइलमा यानमायाको चोरी भएको मोवाइल नम्बर भेट्टएि पछि प्रहरीले अनुुुसन्धान गरि जसबहादुरलाई समेत पक्राउ गर्न सफल भएको पक्राउमा संलग्न प्रहरी निरीक्षक आनन्दमणी लामिछानेले वताए ।
उनीहरुले विभिन्न ठाउँमा थुप्रै घटना घटाएकाले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad
Pakrau-Saman-Baramad


Posted on:June 2, 2011, 8:05 am

No comments:

Post a Comment