Tuesday, June 21, 2011

मध्यमर्स्याङदीबाट निस्किएको लाखौंको कवाडी चोरी, संवन्धित निकाय मौन

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २२ गते ।
लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट निस्किएको लाखौंको कवाडी सामाग्री चोरी हुन थालेको छ ।�
निर्माण सकिएको दुर्इ वर्षवितिसक्दा पनि परियोजनावाट निस्किएको कवाडी प्रक्रियागत रुपमा ब्यवस्थापन हुन नसक्दा झण्डै ५० लाख बराबरको कवाडी चोरी भएको हो ।
आयोजनाको बाँधस्थल उदिपुर दलालस्थित मर्स्याङ्दी तिरमा राखिएको कवाडी खोला पारी चिति क्षेत्रबाट चोरी हुने गरेका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । बाँधबाट खोलाको पानी सुरुङमा पठाएकाले चोरलाई खोला वारपार गरी कवाडी चोर्न सजिलो भएको सुरक्षाकर्मीको भनाई छ ।
त्यस्तै, परियोजनाको ठेकेदार कम्पनीसंगको मिलोमतोमा सयौँ क्विन्टल कवाडी गोप्य रुपमा बाहिरीसकेको स्रोतले बताएको छ । आयोजनाका कर्मचारी र अन्य कामदारले समेत कवाडी बाहिर लगेर बेच्ने गरेका श्रोतको भनाई छ ।
परियोजना हेर्ने गरि पछिल्लो समय नेपाली सेनालाई सुरक्षाको जिम्मा दिईएको छ । केन्द्रको मातहतमा परियोजना र सुरक्षाको जिम्मा सेनालाई दिइए पनि कवाडीको व्यवस्थापन र सुरक्षाको बारेमा नेपाल विद्युत प्राधिकरणले जलविद्युत केन्द्र र नेपाली सेनालाई कुनै जानकारी गराएको छैन । परियोजनाको सुरक्षाका लागि पोस्ट खडा गरेर बसेको नेपाली सेनाले यसअघि पटक-पटक कवाडी चोरलाई पक्राउ गरि प्रहरीलाई बुझाए पनि कारबाही नभएको सैनिक श्रोतको भनाई छ । सेनाका एक अधिकृतले चोरलाई रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएपनि यसअघिको डीएसपीले कार्वाही नगरको वताए ।

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र्रका प्रमुख महेन्द्र अधिकारीले कवाडी चोरी भएको स्वीकारकाछन् । उनले यसको ब्यवस्थापनको जिम्म नेपाल विद्युत प्राधिकरण र उच्च निकायको भएकाले आफूले केही गर्न नसक्ने वताए । परियोजना� प्रमुख सुनिलकुमार ढुङ्गेलले सामान्यतयः सोही बाटो भएर हिड्नेले चोरी गरेको हुन सक्ने बताउँदै सुरक्षा मजबुद पार्नुपर्ने वताए ।
निर्माण कार्य नसकिँदै कवाडी बिक्रीको लागि बोलपत्र आब्हान गरिएपनि असुरक्षाको कारण देखाउदै स्थगित गरिएको थियो । मध्यमर्स्याङदी जलविद्युत आयोजनाले अनश्चितकालका लागि कवाडीको टेन्डर प्रक्रिया अन्तिम चरणमा स्थिगित गरेपछि अहिलेसम्म पुनः प्रकाशित गरेको छैन । कवाडीको न्यूनतम मूल्य १ करोड ५ लाख ७३ हजार १ सय ८७ रुपैँयाको थियो । कवाडीको न्युनतम मूल्य अंक थोरै भएकोले कस्ले हात पार्ने भन्ने विषयमा चर्को विवाद भएपछि अन्तिम चरणमा नेपाल विद्युत प्राधिकरणले टेन्डर रद्द गरेको थियो ।
कवाडीको लागि बोलपत्र आब्हानको सूचना प्रकाशित भएदेखि नै ठेकेदारद्वारा भाडामा ल्याइएका युवाजमात र अन्य राजनीतिक दलका कार्यकर्ताबीचको टकरावले अनश्चितकालका लागि कवाडीको टेन्डर प्रक्रिया रद्द गरिएको थियो । कवाडीको विषयलाई लिएर वाईसीएल र अन्य युवाहरु बीचको झडपको कारण सदरमुकाम बेसीसहरमा १२ घण्टा सम्म कर्फ्यु लगाउनुपरेको थियो ।


जिल्ला सुरक्षा समितिले कवाडीको न्यूनतम मूल्य अंक थोरै भएकाले अस्वस्थ प्रतिस्पर्धा भएको ठहर गर्दे मूल्य बढाएर पुन सूचना प्रकाशित गर्न आग्रह गरेको थियो । प्रक्रिया रोकिएपनि कवाडी विक्रीका बारेमा परियोजना मौन छ । परियोजना प्रमुख ढुङ्गेलले भने मध्यमर्स्याङ्दी सहित सवै क्षेत्रका कवाडी ब्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणद्धारा गठित समितिले छिट्टै काम थाल्ने बताए ।
कवाडीलाई कानूनी प्रक्रियाको रुपमा बेच्न सकेमा सरकारलाई करोडौँ फाइदा हुने भएपनि यस बारेमा संवन्धित निकायका अधिकारीहरुले चासो नदेखाउँदा लाखौँ/करोडौँ घाटाको स्थिति देखिएको छ ।








Posted on:January 6, 2011, 10:34 pm

No comments:

Post a Comment