Monday, June 20, 2011

सेनाको जीप मर्स्याङ्दीमा खस्यो

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २५ गते ।
लमजुङको बेसीशहर-डुम्रे सडकखण्ड अन्तरगत लमजुङको उदीपुरको आकासेभीरमा आज शनिवार अपरान्ह नेपाली सेना सवार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सुन्दरबजारबाट सदरमुकाम बेसीसहर तर्फआउँदै गरेको बा ३ च ४०५१ नम्बरको टोयोटा जीप सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २ जना बेपत्ता भएका छन् । ४ जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परेर बर्दिया जिल्ला घर भई नेपाली सेनाको रणबम गण बेसीसहरमा कार्यरत हवल्दार अर्जुन चौधरीको मृत्यू भएको हो । दुर्घटनाग्रस्त जीपसँगै र्सलाही जिल्ला घर भएका जम्दार कर्णबहादुर बस्नेत र दाङ घर भएका हवल्दार थमन डाँगी मध्यमर्स्याङ्दीको जलासयमा बेपत्ता भएका छन् । उनीहरुको नेपाली सेना, प्रहरी र स्थानियबासिन्दाले खोजी कार्य तिब्र पारेको छ । मध्यमर्स्याङ्दीको जलाशयको पानी घटाएर खोजिकार्यपछि जीप फेला परेको छ भने हराएका ब्यक्ति फेला पार्न सकिएको छैन ।
गम्भीर घाइते सुनिल श्रेष्ठ, हरी शाहि र गणेश थापालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ । चालक सुक्रबहादुर श्रेष्ठको भने लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीसहरमा उपचार भैरहेको छ ।

गएराती मदिरा सेवन गरेर मृत्यु भएका नेपाली सेनाको संग्रामसार्दुल गुल्म नवलपरासीमा कार्यरत सुन्दरबजारका सुकबहादुर गान्धारीको सव पुर्�याउन सुन्दरबजार पुगेर र्फकँदै गर्दा सो जीप मध्यामर्स्याङ्दीको जलासयमा खसेको हो ।












Mail to: आश गुरुङ 'प्रतीक'

No comments:

Post a Comment