Monday, June 20, 2011

लमजुङमा ट्राफिक प्रहरीको सक्रियाता, एक दिनमै २ दर्जन मोटरर्साईकल समातिए

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १७ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा केही दिनयता दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले कडार्इ गर्न थालेको छ ।
ट्राफिक प्रहरीले वेसीशहर बजारमा मात्रै आज झण्डै २ दर्जन मोटरसार्इकल लगायतका सवारी साधन नियन्त्रणमा लिएको छ ।
सदरमुकाम वेसीशहरको शेरा, भीमसेनस्थान, मनाङे चौतारा लगायतका ठाउँमा सवारी चेकजाँच तीब्र पारेर नियम उल्लंघन गर्नेको सवारी साधन नियन्त्रणमा लिने गरेको ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक गंगाबहादुर अधिकारीले जानकारी दिनुभयो ।
सवारी चेकजाँचका क्रममा सवैभन्दा बढी मोटरसार्इकल चालकले लाईसेन्स र ब्लूबुकविना नै चलाएको, हेलमेट नलगाईकन चलाएको र तीब्र गतिमा सवारी साधन गुडाएको ट्राफिक प्रहरीले जनाएको छ । केही दिन यता बढेको सवारी दुर्घटना न्युनिकरणका लागि आजदेखि जिल्ला प्रहरी कार्यालयले २० जना जनपथ प्रहरीलाई पनि खटाएको प्रहरी प्रमुख डीएसपी सन्दीप भण्डारीले जानकारी दिनुभएको छ । यसअघि ६ जना ट्राफिकले मात्रै चेकजाँच गरिरहेका थिए ।
लमजुङमा गुरुङहरुको ल्होसार पर्व, नयाँ बर्षर फूटवल प्रतियोगिता संगै र्सवसाधारणको भीड बढेकाले अप्रिय घटना नघटोस् भनेर प्रहरीले थप सक्रियता बढाएको हो ।







Mail to: आश गुरुङ 'प्रतीक'
Posted on:January 1, 2011, 6:32 am

No comments:

Post a Comment