Monday, June 20, 2011

मर्स्याङ्दीमा ढुङ्गाले किचिएकी एक महिलाको तीन घण्टापछि उद्धार

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर १२ गते ।
लमजुङको चण्डीस्थान गाउँ विकास समिति वडा नम्बर ९, चनौटे नजिकै मर्स्याङदी नदी किनारामा ढुंगाले किचिएको अबस्थामा रहेकी एक महिलाको तीन घण्टापछि उद्धार गरिएको छ ।
मर्स्याङ्दी नदीमा ढुङ्गाले किचिराखेको दाउरा तान्ने क्रममा २४ वर्षिया मनमाया गुरुङलाई आज आईतवार दिउँसो ढुंगाले किचेको थियो । ढुङ्गाले किचेपछि हारगुहार गरेकी गुरुङको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाको टोलीले उद्धारको प्रयास गरेका थिए । करिब तीन घण्टासम्मपनि सकुसल उद्धार गर्न नसकेपछि लमजुङ सामुदायिक अस्पतालका चिकित्सको सहयोगमा खुट्टा काटेर गुरुङलाई निकालिएको थियो ।
गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सामान्य उपचार पछि पोखरा लगिएको छ । उनको अबस्था गम्भिर भएको लमजुङ सामुदायिक अस्पताल लमजुङले जनाएको छ ।
गोरखा सौरपानी गाविस वडा नं. ९ स्थायी घर भएकी गुरुङ विगत ३/४ वर्षदेखि लमजुङमा मजदुरी काम गर्दै आएकी थिईन् ।






Mail to: आश गुरुङ 'प्रतीक'
Posted on:November 28, 2010, 6:05 am

No comments:

Post a Comment