Sunday, June 26, 2011

जनकल्याण सहकारी पाँचौ वर्षा प्रवेश

आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, बैशाख १९ गते । लमजुङका गुरुङ समुदायले पहिलोपटक स्थापना गरेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजदेखि पाँचौ वर्षा प्रवेश गरेको छ । सदरमुकाम वेसीशहर गाविस वडा नम्बर २, शान्तिटोलमा रहेको कार्यालयले शान्तिटोलस्थित आमा समूहको भवनमा आज पाँचौ बाषिर्क उत्सव मनाएको छ ।

नववर्ष२०६८ तथा संस्थाको पाँचौ बाषिर्क उत्सव कार्यक्रममा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष रणजंघ घले, शान्तिटोल आमा समूहकी अध्यक्षर् इन्द्रकुमारी गुरुङ, प्रगतिटोल बाबा समूहका अध्यक्ष सुवेदार मोहन गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाका प्रवन्धक लीलाधर पौडेलले संस्थाको बारेमा, कारोवारको बारेमा तथा संस्थावाट उपलब्ध हुने सेवासुविधाका वारेमा जानकारी गराएका थिए । कार्यक्रम संस्थाका सदस्य ताराराज घलेले संचालन गरेका थिए ।

चारबर्षघि २०६४ साल बैशाख १९ गते स्थापना भएको संस्थामा हाल १ हजार ८ सय बढी सेयर सदस्य छन् भने ३५ लाख ७० हजार शेयर पूँजी रहेको छ । गत आर्थिक वर्षा संस्थाले २८ करोडको कारोवार गरेकोमा चालु आर्थिक वर्षो ९ महिनामै २८ करोड ९३ लाखको कारोवार गरिसकेको संस्थाले जनाएको छ ।

संस्थाले यस आर्थिक वर्षभत्र ३५ करोडको कारोवार गर्ने लक्ष्य लिएको संस्थाका प्रवन्धक लीलाधर पौडेलले जानकारी दिएकाछन् ।
Janakalyan-Programme

Janakalyan-Programme

Janakalyan-Programme

Posted on:May 2, 2011, 3:47 am

No comments:

Post a Comment