Tuesday, June 21, 2011

लमजुङ दरबार' गीत गाउँदा.......

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक
लमजुङ, माघ २८ गते ।
'गाउँशहरमा लमजुङ दरबार
मायालाई दिने थिएँ फूलजस्तो जोवन
भैसक्यो मेरो घरबार'
२१ वर्षअघि माया गुरुङले आफ्नी छोरीलाई काखमा च्यापेर गाएको यो गीतले रेडियो नेपालमा अञ्चलस्तरीय गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो । त्यतिबेला जति खुसी थिईन्, त्यो भन्दा बढी लमजुङमा आयोजित एक कार्यक्रममा सहभागि हुँदा खुसी लाग्यो मायालाई ।
धेरै वर्षछि आफ्नो जोडी उमा गुरुङलाई भेट हुँदाको क्षण दुवैले अंगालोमा बाँधेर सुखका आँसु समेत बगाईन् । रेडियो नेपालमा मायासंगै गीत गाएका उमाले पनि प्रथमस्थान हासिल गर्‍यो । त्यसपछि उनीहरु स्वर परीक्षामा उत्तर्ीण्ा भएका थिए ।

माया र उमाको जोडीको भेटघाट यो अवसर जुर्टाईदिएको थियो लमजुङमा आयोजना गरिएको आदिवासी साँस्कृतिक महोत्सवले । 'गाउँशहरमा लमजुङ दरबार' बोलको गीतलाई मायासंगै उमाले संगै गाउँदा दर्शकदर्ीघवाट गीतलाई छोपेका थिए ।
अहिलेका आधुनिक र पप गीत साथै लोकगीत भन्दा पनि छुट्टै रन्को दिने यी कालजायी गीत रेडियो नेपालमा जस्तो तवरले रर्ेकर्ड गरिएको थियो, त्यो भन्दा कुनै हिसावले कम हुन नदिई माया र उमाको जोडीले महोत्सवमा आएका दर्शकहरुलाई पस्केका थिए । पहिलोपटक आयोजना गरिएको महोत्सवको मञ्चमा जव माया र उमा देखिए, उनीहरुका शुभचिन्तक खुसीले गद्गद् भए ।

माया र उमाको जोडीलाई देख्न चहाने दर्शकहरु गाउँगाउँबाट मात्रै नभईकन अन्य जिल्लाजिल्लावाट पनि ओईरिएका थिए । दर्शकहरुको तालीसंगै 'गाउँशहरमा लमजुङ दरबार' बोलको गीत शुरु गर्दा दर्शकहरु भावुक बने । दर्शकको अनुरोधका कारण माया र उमाले 'गाउँशहरमा लमजुङ दरबार' बोलक गीत दोहोर्‍याई, तेहेर्‍याई प्रस्तुत गरे ।
माया र उमाले गाउँवेसी र मेलापात, माया प्रेम, विछोड अनि छोरी मान्छेको पीरब्यथालाई समेटेर धेरै मर्मस्पर्शी गीतहरु गाएकाछन् । माया र उमाको गीत सुन्नकै लागि उत्तरी लमजुङको ताघ्रिङवाट झरेकी राममाया गुरुङले पहिला आफ्ना दौँतरीबीच रोधीँ बस्दाको क्षण सम्भिmएको वताईन् ।

२०४६ सालको जनआन्दोलन लगत्तै ०४७ सालमा आएको परिवर्तन संगै माया र उमाको जोडीमा पनि परिवर्तन आयो । कास्कीको अर्मलामा उमाको विवाह पश्चात उनीहरुबीचको जोडी छुट्टनि पुग्यो । यसअघि विवाह बन्धनमा बाँधिसकेका मायाले आफ्नो श्रीमान् पाएपनि जोडीको अभावको महसुस गरिन् । उमेरले ४९ वर्षपुगेकी माया अहिले गाउँमै वस्दै आएकीछन् भने ४५ वर्षपुगेकी उमा अहिले पोखरा रानीपौवामा वस्दै आएकीछन् । धेरै बर्षो अन्तरालमा भेट भएका यी जोडीले आदिवासी महोत्सवमा संगसंगै रोधीँ खेलेको सम्झना गरे । मलेवाको जोडी भन्दा पनि बलियो जोडी भएका यी जोडीले कहिल्यै छुट्न नसक्ने अवस्थाका कथाब्यथा आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा पोखे । त्यो पीडा केही वर्षघि लमजुङ महोत्सवमा उनीहरुले राम्रो संग पोख्न पाएका थिएनन् एकअर्का सामु । न कि भेट हुँदाको खुसीको क्षण नै ।

नेपाली लोक संगीतका धरोहर माया र उमाले युगलमात्रै एक दर्जन बढी गीतहरु गाएकाछन् । मायाले गाएका ६० बढी गीत र उमाले गाएका झण्डै २० वटा गीतहरु दर्ुइजोडीले गाउँका पाखापखेरा र मेलापात जाँदा साथै रोधीँ खेल्दा रचेका गीतहरु हुन् । 'गाउँशहरमा लमजुङ दरबार' बोलको गीत अहिले बाबुकाजी थापाको संकलनमा बज्दै आएको छ । शब्दरचना मायाको भएपनि भाका बाबुकाजी थापाको रहेको उमा वताउँछिन् ।

'छोडेन बाबा छोडेन आमा खर्ुर्पिटो डोकोले, जिन्दगी मेरो यसैमा वित्यो पढ्नेको धोकोले' बोलको गीत माया र उमाको चर्चित गीत हो । २०४३ सालमा तत्कालीन राजा वीरेन्द्र पोखरामा जाँदा माया गुरुङले गाएको यो गीतमा उमा गुरुङ नाचेकी थिईन् । त्यो क्षणको सम्झना घरिघरि आईरहने माया वताउँछिन् ।

लमजुङको नाल्मा गाविसमा जन्मेका माया र उमा सानैदेखि गीतमा सौखिन जोडी थिए । घाँसपात, मेलापात र रोधीँघर संगसंगै जाँदै गर्दा माया गुरुङको ०४३ सालमा विवाह भयो । थापाक्षेत्रीको छोरी भएपनि सानैदेखिको संगतका कारण उनले गुरुङ युवकसंग त्यतिवेला अन्तरजातीय विवाह गरिन् । अहिले उनीसंग श्रीमान् र ५ छोराछोरी छन् । तर, उमा विनाको संसार उनलाई खल्लो महसुस भएको माया वताउँछिन् । उनको दिनचर्या घाँसदाउरा र मेलापात गर्दै वितिरहेको छ । उमाको श्रीमान् र ३ छोराछोरी छन् । उमा पनि मायासंगको विछोडले आफ्नो मुटु कतै चुँडिएको महासुस भएको वताउँछिन् ।

एकताका चर्चामा आएको गीत र ब्यक्तित्वहरु हुन माया र उमा गुरुङ । तर, पनि राज्यको हेर्राई र ब्यवहारका कारण यी जोडीले लोकसंगीतमा टिक्ने अवसर गुमाईन् । हरेक जनमानसको मनमस्तिष्कमा जमिसकेका यी जोडीलाई राज्यले कहिल्यै चिन्न नसकेको वताउँछन् महोत्सव मुल आयोजक समितिका संयोजक खेमजंग गुरुङ । खेमजंग लोकदोहोरी गायक पनि हुन् । उनको सक्रियतामा अहिले लमजुङ सदरमुकाम वेसीशहरमा साताब्यापी आदिवासी जनजाति साँँस्कृतिक महोत्सव भईरहेको छ । महोत्सव आगामी फागुन ३ गतेसम्म संचालन हुने छ ।



Posted on:February 11, 2011, 4:42 am

No comments:

Post a Comment