आश गुरुङ,
लमजुङ जेठ १० गते ।थपिएको समयमा पनि शान्ति प्रक्रियाले पर्ूण्ाता नपाएको र संविधान नबनेको भन्दै लमजुङका संचारकर्मीले आज संविधान सभाका अध्यक्ष शुभाषचन्द्र नेम्वाङलाई ६०१ पेजको खाली संविधान पठाएका छन् ।
'जनतासंग गरेको बाचा पूरा गर' भन्ने ब्यानर, प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेका संचारकर्मीले सभाषद् र राजनीतिक दलहरुले ३ बर्षो समय खेर फालेको भन्दै संविधान सभाद्धारा जारी नेपालको संविधान २०६८ कभरमा लेखेर खाली संविधान पठाएका हुन ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष कृष्ण के.सी.ले ६०१ पेजको खाली संविधान र ज्ञापनपत्र प्रमुख जिल्ल्ाा अधिकारी होमनाथ थपलियालाई बुझाएका थिए ।
ज्ञापनपत्रमा राजनीतिक दलहरु आपसमा झगडा गरि आरोप-प्रत्यारोपमा उत्रनुको सट्टा हातेमालो गर्दै शान्ति प्रक्रिया र नयाँ संविधान बनाउन तर्फध्यान दिनुपर्ने उल्लेख छ । ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष कृष्ण के.सी. र सचिव नवीनराज कुइँकेलको हस्ताक्षर छ ।
खाली संविधान र ज्ञापनपत्र बुझाउनु अघि नेपाल पत्रकार महासंघ लमजुङ शाखाले नारायणस्थान चोकबाट प्रशासन कार्यालय परिसरसम्म विरोध र्यालीको निकालेको थियो ।





Posted on:May 24, 2011, 4:24 am
No comments:
Post a Comment