आश गुरुङ,
लमजुङ, जेठ २९ गते । यातायात चालकमाथि भएको कुटपिटको विरोध गर्दै लमजुङका यातायात मजदुरहरुले सदरमुकाम वेसीशहरदेखि तनहुँको डुम्रेसम्मको सडक खण्ड बन्द गराएकाछन् ।
उनीहरुले वेसीशहर नजिकै मजुवाखोला पुलमा यातायातका साधन तेर्स्याउनुका साथै ठाउँठाउँमा ढुंगामुढा थुपारेर आज विहानैदेखि वेसीशहरदेखि छुट्ने लामो दुरीको एकमात्र वेसीशहर-डुम्रे सडक खण्डमा यातायात बन्द गराएका हुन् ।
बन्दका कारण लामो दुरीका कुनैपनि सवारी साधन चलेको छैन भने दक्षिणी लमजुङ जाने यातायात पनि संचालन हुन सकेको छैन ।
वेसीशहर शेराबजारका सुवास बरालले ध १ ख १७१ नम्बरको वसका चालक र्सर्ूय परियारलाई गएराती पैसा माग्दा नदिएका कारण कुटपिट गरेका थिए । कुटपिटवाट गम्भीर र्घाईते परियारको पोखरामा उपचार भईरहेको छ । उनको देब्रे आँखा फुटेको छ ।
यातायात खुलाउने विषयमा र्सवपक्षीय छलफल भईरहेको प्रहरीले जनाएको छ ।

Posted on:June 12, 2011, 2:01 am
No comments:
Post a Comment